स्वस्तिक लघुवित्तको चौथौ वार्षिक साधारणसभा सम्पन्न

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 17, 2023 | 05:34:09 PM मा प्रकाशित

laxmi  sunrise bank

स्वस्तिक लघुवित्त वित्तीय संस्थाको चौथौ वार्षिक साधारणसभा सम्पन्न भएको छ । जेठ ३ गते उक्त साधारणसभा स्वस्तिक लघुवित्तको केन्द्रीय कार्यालयको सभाहलमा सम्पन्न भएको हो ।

सञ्चालक समितिको अध्यक्ष सत्य नारायण झाको अध्यक्षतामा बसेको साधारणसभाले आ.व. २०७८/७९ को वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह सहितको वित्तीय विवरणहरु पारित गरेको छ । 

मधेश प्रदेश कार्यक्षेत्र भएको संस्थाले आगामी आर्थिक बर्षको लागी लेखापरिक्षक नियुक्ती, सर्वसाधारणको लागी छुट्याईएको शेयर नियमानुसार बिक्रि वितरण गर्ने, उपयुक्त लघुवित्त संस्थासँग मर्जर/प्राप्ती सम्बन्धि प्रस्तावहरु कुल शेयरको ८९ प्रतिशत शेयरधनीहरुको उपस्थितीमा साधारणसभा सम्पन्न भएको जानकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत धिरेन्द्र लाल कर्णले दिएका छन्  । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved