आदर्श लघुवित्तलाई प्राप्ति गर्न डिप्रोक्सलाई राष्ट्र बैंकको अन्तिम स्वीकृति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 18, 2023 | 11:37:20 AM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्र बैंकले जेठ ३ गते पत्र पठाउँदै डिप्रोक्स लघुवित्तलाई आदर्श लघुवित्त प्राप्ति गर्न अन्तिम स्वीकृति प्रदान गरेको छ। यी दुवै लघुवित्तको गत फागुन ३० गते बसेको वार्षिक साधारणसभाले प्राप्ति प्रक्रियालाई स्वीकृत गरेको थियो। 


गत चैत १३ गते दुवै लघुवित्तबीच प्राप्तिसम्बन्धी अन्तिम सम्झौता भएको थियो।

डिप्रोक्सले आदर्श लघुवित्तलाई १ः१ सेयर स्वाप रेसियोमा प्राप्ति गर्न लागेको हो। प्राप्ति प्रक्रिया पूरा गरी डिप्रोक्स लघुवित्त वित्तीय संस्थाका नामबाट एकीकृत कारोबार सुरु गर्ने दुवै लघुवित्तबीच सहमति भएको छ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved