मर्जरपछि डिप्रोक्स लघुवित्त र आदर्श लघुवित्तको एकिकृत कारोबार मिति तय

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 30, 2023 | 09:05:42 AM मा प्रकाशित

laxmi  sunrise bank

डिप्रोक्स लघुवित्तले आदर्श लघुवित्तलाई गाभेपछि २०८० साल असार १ गतेदेखि एकिकृत कारोबार गर्ने भएको छ  । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकिकृत कारोबार हुने भएको हो  ।

दुवै लघुवित्तको गत फागुन ३० गते सम्पन्न साधारणसभाले मर्जर तथा प्राप्ति प्रस्ताव पारित गरेको थियो  । नेपाल राष्ट्र बैंकले गत जेठ ३ गते मर्जर तथा प्राप्तिको लागि अन्तिम स्वीकृति दिएको थियो । 

डिप्रोक्सले आदर्शलाई १:१ को स्वापमा गाभेको हो ।  चितवनमा केन्द्रिय कार्यालय रहेको डिप्रोक्स लघुवित्त २०५७ पौष २८ गतेमा दर्ता भई २०५८ आषाढ १९ गते कारोबार थालेको घ बर्गको लघुवित्त हो भने बागमती प्रदेश, काभ्रेपलाञ्चोक जिल्ला, बनेपा नगरपालिकामा केन्द्रिय कार्यलय रहेको आदर्श लघुवित्त २०७५ जेष्ठ ९ गतेमा दर्ता भई २०७५ कार्तिक २५ गते कारोबारमा आएको संस्था हो। 

मर्जरपछि बन्ने  डिप्रोक्स लघुवित्तको केन्द्रीय कार्यालय चितवनको भरतपुरमा रहने छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved