ग्लोबल आइएमई लघुवित्तद्वारा प्रतिक्षालय हस्तान्तरण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 04, 2023 | 07:47:54 PM मा प्रकाशित

laxmi  sunrise bank

ग्लोबल आइएमई लघुवित्तको डेढगाँउ शाखाले प्रतिक्षालय हस्तान्तरण गरेको छ । शाखा कार्यालय डेढगाउँले बौदिकाली गाउँपालिका वडा नं–२ स्थीत प्रसिद्ध अकला देबि मन्दिर परिसरमा दर्शनार्थिहरुका लागि प्रतिक्षालय निमार्ण गरी मन्दिर व्यवस्थापन समितीका अध्यक्ष टंक पुलामीलाई हस्तान्तरण गरेका हुन्।

संस्थाले सामाजिक उत्तरदायित्व कोष कार्यक्रम अन्र्तगत यस किसिमका सामाजिक कार्यहरु गर्दै आइरहेको र आगामी दिनमा समेत निरन्तरता दिने लक्ष्य रहेको जनाएको छ ।

कार्यक्रममा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पुलामीले वित्तीय संस्थाको उत्तरोत्तर प्रगतिको कामना गर्दै आगामी दिनमा समेत यस किसिमका सहयोगको अपेक्षा गरे। कार्यक्रममा संस्थाको तर्फबाट अनुगमन अधिकृत नबराज के.सी, शाखा प्रमुख अनिश पोख्रेल, गाँउपालिका तथा वडा प्रतिनिधि श्री बुद्धिराज श्रेष्ठ, मन्दिर व्यवथापन समितिका पदाधिकारीहरु साथै समाजसेवि श्री होमनाथ भट्टराई र स्थानीयको सहभागिता रहेको थियो ।

हाल वित्तीय संस्थाले देशका विभिन्न ५४ जिल्लामा १२० वटा शाखा कार्यालयहरुमार्फत १ लाख ५० हजार भन्दा बढि ग्राहक सदस्यहरुलाई वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved