
 2mb (1).gif)
खप्तड लघुवित्त र धौलागिरी लघुवित्तले मर्जरको लागि नेपाल राष्ट्र बैंकबाट अन्तिम स्वीकृति पाएका छन्। नेपाल राष्ट्र बैंकले जेठ २४ गते मर्जरको लागि अन्तिम स्वीकृति प्रदान गरेको हो ।
राष्ट्र बैंकले विभिन्न ११ वटा शर्त तोकेर मर्जरको लागि लागि अन्तिम स्वीकृति प्रदान गरेको हो । शर्त अनुसार राष्ट्र बैंकबाट अन्तिम स्वीकृति पाएसँगै अब दुवै कम्पनीले १ महिना भित्र एकिकृत कारोबार गर्नु पर्ने छ। मर्जरपछि बन्ने कम्पनीको नाम धौलागिरी लघुवित्त नै राख्नु पर्ने छ भने केन्द्रीय कार्यालय भने बाग्लुङमा राख्नु पर्ने छ ।
गाभ्ने/गाभिने दुवै संस्थाले आ-आफ्नो साधारण सभाबाट निर्णय गरे बमोजिम धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेड र खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडको कायम हुने शेयर स्वाप अनुपात १:०.७५ अनुसार शेयर पुँजी मिलान गर्नु पर्ने राष्ट्र बैंकले उल्लेख गरेको छ। अर्थात साधारणसभाले निर्णय गरे बमोजिम खप्तडको १०० कित्ता हुनेले मर्जर तथा प्राप्ति पश्चात बन्ने 'धौलागिरी लघुवित्त वित्तीय संस्था' को ७५ कित्ता सेयर प्राप्त गर्ने छन्।
मर्जर तथा प्राप्ति भएको एक वर्षसम्म गाभ्ने संस्था अर्थात् धौलागिरि लघुवित्तको साइनबोर्ड वा पठनीय ठाउँमा धौलागिरी र खप्तड लघुवित्त मर्ज भई बनेको संस्था उल्लेख गर्नुपर्नेछ। त्यस्तै तलब सुविधाहरु पनि कर्मचारी सेवा विनियमावली अनुसार हुनुपर्नेछ।
दुई संस्था बिच गाभ्ने गाभिने मर्जर सम्बन्धी समझदारीपत्रमा मंसिर १८ गते हस्ताक्षर भई पुस १७ गते नेपाल राष्ट्र बैंकबाट सैद्धान्तीक सहमति प्राप्त गरेका थिए । मर्जर हुने यी दुवै संस्थाहरूमध्य खप्तड लघुवित्तको कार्यक्षेत्र शुदुरपश्चिम प्रदेश हो भने धौलागिरी लघुवित्त राष्ट्रियस्तरको कार्यक्षेत्र भएको संस्था हो ।