साना किसान र आरएमडिसी लघुवित्तले राष्ट्र बैंकबाट पाए मर्जरको लागि अन्तिम स्वीकृति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 08, 2023 | 05:48:45 PM मा प्रकाशित

laxmi  sunrise bank

साना किसान लघुवित्त र आरएमडिसी लघुवित्तले नेपाल राष्ट्र बैंकबाट मर्जरको लागि अन्तिम स्वीकृति पाएका छन् । नेपाल राष्ट्र बैंकले जेठ २४ गते यी २ कम्पनीलाई मर्जमा अन्तिम स्वीकृति दिएको हो ।

यी २ संस्था १००ः८७ को स्वापमा मर्ज हुन लागेका हुन्। अर्थात् साना किसान लघुवित्तका लगानीकर्ताले १ कित्ता बराबर १ कित्ता नै शेयर पाउने छन् भने आरएमडिसीका लगानीकर्ताले १ कित्ता बराबरको ०.८७ कित्ता शेयर पाउने छन् । मर्जर पछि बन्ने कम्पनीको नाम साना किसान आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमीटेड कायम हुने भएको छ।  

गत भदौ ३१ गते २ संस्थाबीच मर्जर सम्झौतामा हस्ताक्षर भएको थियो । राष्ट्र बैंकले पुस १७ गते दुई संस्थालाई मर्जरको लागि सैद्दान्तिक स्वीकृति दिएको हो।  

राष्ट्र बैंकबाट अन्तिम स्वीकृति पाएसंगै अब यी दुई कम्पनीले १ महिना भित्र एकिकृत कारोबार सुरु गर्नु पर्ने छ ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved