स्वावलम्बन लघुवित्तद्वारा वित्तीय साक्षरता तथा केन्द्र प्रमुख अन्तरक्रिया कार्यक्रम आयोजना

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 20, 2024 | 02:39:32 PM मा प्रकाशित

laxmi  sunrise bank

स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले वित्तीय साक्षरता तथा केन्द्र प्रमुख अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । 

कम्पनीको शाखा कार्यालय लेले, ललितपुरको आयोजनामा सञ्चालित कार्यक्रममा आथिक वर्ष २०७९/८० मा शाखा अन्तरगत रहेका केन्द्रहरु मध्ये उत्कृष्ठ तीन वटा केन्द्रलाई नगदसहित पुरस्कृत गरिएको थियो । 

त्यस्तै, शाखा कार्यालय अन्तरगत शैक्षिक सत्र २०७९ मा एसईई परीक्षामा ग्राहक सदस्यका छोराछोरी मध्येबाट उत्कृष्ट अंक प्राप्त गर्न सफल केन्द्र नं ७५ समूह नं ४ मा आवद्ध सदस्य साईली माया लामाकी छोरी लक्ष्मी लामालाई १० हजार रुपैयाँ पुरस्कार वितरण गरिएको थियो ।

केन्द्र नं. ६३ का प्रमुख पुना देवी राईको अध्यक्षता तथा प्रहरी कार्यालय लेलेका प्रहरी सहायक निरीक्षक भिम बहादुर कोइरालाको प्रमुख आतिथ्यमा सञ्चालित कार्यक्रमका कम्पनीका नायव विभागीय प्रबन्धक मोहित नारायण यादवको उपस्थिति थियो । कार्यक्रममा करिब ७० जना ग्राहक सदस्य तथा अभिभावकको सहभागीता थियो ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved