सबैको लघुवित्तका कर्मचारीले शुरु गरे दोस्रो चरणको आन्दोलन, नाम परिमार्जन नै पहिलो शर्त

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 16, 2024 | 12:06:57 PM मा प्रकाशित

सबैको लघुवित्त वित्तीय संस्थाका कर्मचारीहरुले दोस्रो चरणको आन्दोलन घोषणा गरेका छन्।

मर्जर पश्चात बन्ने संस्थाको नाम सबैको साधना लघुवित्त वित्तीय संस्था लिमिटेड नभएसम्म आफुहरुको आन्दोलन जारी रहने आन्दोलित कर्मचारीहरुद्वारा विज्ञप्तीमा उल्लेख छ।

मर्जर पुर्वको सहमतिभन्दा फरक पर्ने गरि नेपाल राष्ट्र बैंकले मर्जर पश्चात बन्ने संस्थाको नाम साधना लघुवित्त वित्तीय संस्था हुने गरी अन्तिम स्वीकृति दिएपछि सबैको लघुवित्तका ९० वटै शाखाका शाखा प्रामुखसहितका कर्मचारीहरु केहि दिन यता आन्दोलित छन्। 

मर्जर पश्चात सबैको साधना लघुवित्त वित्तीय संस्था नाम हुने गरि मर्जर सहमति भएपनि त्योभन्दा फरक हुनेगरी साधना लघुवित्त नाम राखिएकाले आफुहरु आन्दोलनमा उत्रनु परेको कर्मचारीहरुको भनाइ छ। 

राष्ट्र बैंकले अन्तिम स्वीकृति सच्याएर मर्जर पश्चात बन्ने संस्थाको नाम सबैको साधना लघुवित्त वित्तीय संस्था लिमिटेड नबनाएसम्म आफुहरुको आन्दोलन जारी रहने जारी विज्ञप्तिमा उल्लेल्ख छ। 

पहिलो चरणमा हातमा कालोपट्टि बाँधेर काम गरेका कर्मचारीहरुले अब दोस्रो चरणको आन्दोलनको घोषणा गरेका हुन्। मर्जर पश्चातको बन्ने संस्थाको नाम नसच्याए आगामी असार ४ गते पेन डाउन गर्ने र त्यसपछि पनि नाम नसच्याएको खण्डमा सम्पूर्ण काम नै ठप्प पार्ने कर्मचारीको चेतावनी छ ।

नाम सच्याउन तयार नभए डीमर्ज गरेर अर्को संस्थासँग मर्जरमा जानलाई समेत आन्दोलनरत कर्मचारीहरुले व्यवस्थापन तथा सञ्चालक समितिलाई दबाब दिएका छन्। 

सबैको र साधना लघुवित्त बीच २०८० गत भदौ १५ मा भएको मर्जर सम्झौतामा संस्थाको नाम सबैको साधना लघुवित्त वित्तीय  संस्था हुने, अध्यक्षमा साधना लघुवित्तको तर्फबाट हुने र प्रमुख कार्यकारी अधिकृत(सीईओ) चाहिं सबैको लघुवित्त वित्तीय संस्थाको तर्फबाट हुने प्रारम्भिक सहमति थियो।

तर  संस्थाको नाम साधना लघुवित्त मात्र हुने गरि नेपाल राष्ट्र बैंकले गत जेठ २९ गते दिएको अन्तिम स्वीकृति दिएपछि सबैको लघुवित्तमा कार्यरत कर्मचारी आन्दोलित भएका हुन्।

त्यसमाथि पनि साधना लघुवित्तका कार्यकारी प्रमुखले मर्जर पश्चात बन्ने संस्थाको नाम साधना मात्र हुने बिषयमा केक काटेर हर्ष बढाई गरेपछि त सबैको लघुवित्तका कर्मचारीहरु झनै क्रुद्द भएका छन् ।  

यो पनि हेर्नुहोस् :

सबैको र साधना लघुवित्तमा मर्जरको लफडा, स्वदेशी र आँधिखोला हुन नदिने प्रतिबद्दता

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved