लघुवित्तको नाफा बढ्ने गरि राष्ट्र बैंकको सर्कुलर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 31, 2024 | 10:53:03 PM मा प्रकाशित

laxmi sunrise bank

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमा उल्लेख व्यवस्था कार्यन्वयनको लागि लघुवित्त बित्तिय संस्थाको लागि सर्कुलर जारी गरेको छ। जसअनुसार लघुवित्तको  असल वर्गको कर्जाको लागि यसअघिको न्युनतम कर्जा नोक्सानी व्यवस्थाको सीमालाई घटाईएको छ। 

संसोधित व्यवस्थाअनुसार अब लघुवित्त बित्तिय संस्थाले असल वर्गको कर्जाको लागि १ दशमलब १० प्रतिशतले कर्जा नोक्सानी व्यवस्था गर्नुपर्ने हुन्छ। यसअघि १ दशमलब ३० प्रतिशत कर्जा नोक्सानी व्यवस्था गर्नुपर्थ्यो। 

संसोधित यो व्यवस्थाले लघुवित्तहरुले यसअघि कर्जा नोक्सानी बापत छुट्याउनु परेको रकम अब नाफामा गणना हुनेछ। जसले लघुवित्त बित्तिय संस्थाको मुनाफा बढाउने विश्लेषण गरिएको छ। 


Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved