समाज लघुवित्तको नाफा ५१ लाख ३० हजार, अघिल्लो वर्षको तुलनामा किन घट्यो ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 04, 2024 | 03:43:10 PM मा प्रकाशित

laxmi sunrise bank

समाज लघुवित्त वित्तीय संस्थाको अघिल्लो आर्थिक वर्षको तुलनामा नाफा खुद नाफा घटेको छ।

आइतबार सार्वजनिक वित्तीय विवरण अनुसार अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ७५ लाख ८२ हजार नाफा आर्जन गरेकोमा गत वर्षको असारसम्ममा कम्पनीले ५१ लाख ३० हजार मात्र आम्दानी गरेको छ ।

यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३२.३४ प्रतिशत कम हो। समीक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ४.७८ प्रतिशत बढेको छ भने अन्य सञ्चालन आम्दानी ३.१२ प्रतिशत घटेको छ। खुद ब्याज आम्दानी सामान्य बढे पनि सम्भावित जोखिम बापत धेरै रकम व्यवस्था गर्नु परेका कारण कम्पनीको खुद नाफा घट्न पुगेको हो।

त्यस्तै, समीक्षा अवधिमा कम्पनीको कुल सञ्चालन आम्दानी २.२७ प्रतिशत बढेको छ। निष्क्रिय कर्जा पनि समीक्षा अवधिमा ४.७८ प्रतिशतबाट बढेर ४.८२ प्रतिशत पुगेको छ ।

कम्पनीले सम्भावित जोखिम बापतको व्यवस्थामा ३ करोड ३१ लाख रुपैयाँ राखेको छ। जसका कारण कम्पनीको सञ्चालन मुनाफा ऋणात्मक भइ खुद नाफा घटेको हो।

कम्पनीको जगेडा कोषमा २ करोड ९६ लाख रुपैयाँ सञ्चित छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले २४ करोड ६५ लाख रुपैयाँ सापटी र १६ करोड ५ लाख रुपैयाँ निक्षेपबाट ४४ करोड २७ लाख रुपैयाँ कर्जा लगानी गरेको छ।

त्यस्तै नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी १५.४६  रुपैयाँबाट घटेर २२.४५  रुपैयाँमा झरेको छ। असार मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ २२९.९७ रुपैयाँ छ।कम्पनीको चुक्तापूँजी २ करोड २८ लाख रुपैयाँ छ ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved