मेरोमाइक्रोफाइनान्सको नाफा करिब २२ करोड, यस्ता छन् अन्य सूचक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 07, 2024 | 09:08:34 AM मा प्रकाशित

laxmi sunrise bank

मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले बुधबार गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। प्रकाशित वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा उल्लेख्य रुपमा बढेको छ।

गत आवको अन्त्यसम्ममा कम्पनीले २१ करोड ९५ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आवको तुलनामा ३६२.५९ प्रतिशत बढी हो। अघिल्लो आवमा कम्पनीले ४ करोड ७४ लाख रुपैयाँ मात्र खुद नाफा कमाएको थियो।

समीक्षा अवधीमा कम्पनीको खुद ब्याज आम्दानी १४.०६ प्रतिशत र खुद फि तथा कमिशन आम्दानी ३०.८८ प्रतिशत बढेको छ। खुद ब्याज आम्दानी सामान्य बढेपनि इम्पेरमेन्ट चार्ज घटेका कारण कम्पनीको खुद नाफामा उल्लेख्य सुधार देखिएको हो।त्यस्तै, कम्पनीको कुल सञ्चालन आम्दानी १५.८४ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा पनि ३५२.७४ प्रतिशतले वृद्धि भएको छ।

उक्त अवधिसम्ममा कम्पनीको खराब कर्जा ५.८४ प्रतिशतबाट बढेर ७.६८ प्रतिशत पुगेको छ। तर इम्पेरिमेन्ट चार्ज भने १२ करोड ५४ लाख रुपैयाँबाट घटेर १ करोड ९४ लाख रुपैयाँमा झरेको छ। जसले गर्दा कम्पनीको सञ्चालन मुनाफा र खुद नाफा उल्लेख्य रुपमा बढ्न  टेवा पुगेको हो।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी भने बढेको छ। समीक्षा अवधिमा कम्पनीकोा यस्तो आम्दानी १३.४ रुपैयाँ  बढेर १६.६३ रुपैयाँ पुगेको छ। 

कम्पनीले उक्त अवधिसम्ममा १९ करोड ६२ लाख रुपैयाँ वितरणयोग्य मुनाफा आर्जन गरेको छ। त्यस्तै, कम्पनीको वितरणयोग्य प्रतिशेयर आम्दानी १४.८७ रुपैयाँ छ।कम्पनीको रिजर्भ कोषमा ७९ करोड ८९ लाख रुपैयाँ सञ्चित छ।

त्यस्तै कम्पनीको प्रतिशेयर नेटवर्थ १६०.५३ रुपैयाँ  छ भने मूल्य आम्दानी अनुपात ४२.०८ गुणा छ। कम्पनीको चुक्तापूँजी १ अर्ब ३२ करोड रुपैयाँ छ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved