
हिमालयन लघुवित्त वित्तीय संस्थाले ऋण मिनाहा तथा बीमा दाबी भुक्तानी गरेको छ। कम्पनीको पर्सास्थित विरुवागुठी शाखा कार्यालयले आफ्ना सदस्यलाई ऋण मिनाहा तथा बीमा दाबी भुक्तानी गरेको हो।
कम्पनीका अनुसार श्रीमान गणेश मुसहरको मृत्यु पश्चात सदस्य लक्ष्मीनिया देवि मुसहरलाई बीमाको क्षतिपुर्ति रकम उपल्बध गराएको हो ।
सदस्य लक्ष्मीदेवीले २ लाख रुपैयाँ कर्जा लिएकोमा नियमानुसार कर्जाको साँवा र ब्याज मिनाहा गरि कर्जा बीमा अन्तर्गत दिइने काजक्रिया खर्च २५ हजार रुपैयाँ तथा तिरेको किस्ता ४१ हजार ८२८ रुपैयाँ समेत फिर्ता गरी जम्मा १ लाख ८३ हजार १७२ रुपैयाँ एकमुष्ट भुक्तानी गरिएको कुरा कम्पनीका शाखा प्रबन्धक जितेन्द्र कुमार पासवानले बताए ।
श्रीमान गुमाउनुको पिडालाई कर्जा मिनाहा गरि क्रियाखर्च र समयमा बीमा बापतको रकम उपलब्ध गराई आफ्नो आर्थिक पिडामा कम्पनीले मलमपट्टी लगाएर मद्धत गरेको श्रीमती लक्ष्मीनिया देवी मुसहरले बताइन् ।
कार्यक्रममा कर्मचारी गजिन्द्र कुमार पटेल,रामशरण कुमार महरा र राज चौधरी तथा केन्द्र नं २ का सदस्य तथा स्थानीयको पनि उपस्थिति थियो ।
कम्पनीले ग्राहक सदस्यहरुको हित तथा संरक्षण गर्न र ग्राहक सदस्यहरुलाई आपतकालिन अवस्थामा सहयोग पुर्याउने उद्धेष्य अनुरुप आवश्यकता अनुसार विभिन्न कार्यक्रम तथा सहयोग रकम प्रदान गर्दै आइरहेको बताएको छ ।