श्रृजनशिल लघुवित्तसँग डिमर्ज गरेको मानुषी लघुवित्तको विशेष प्राथमिकता फेरि मर्जर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 08, 2024 | 10:31:12 AM मा प्रकाशित

laxmi sunrise bank

मानुषी लघुवित्त वित्तीय संस्थाले फेरि पनि मर्जर तथा प्राप्ति गर्ने विशेष प्रस्ताव पारित गर्न विशेष साधारणसभा बोलाएको छ ।

कम्पनीको गत साउन २२ गते बसेको सञ्चालक समितिको बैठकले आगामी भदौ ७ गते विशेष साधारणसभा बोलाएको हो । सभा भक्तपुरको पलाँसेस्थित होटल प्यालिसेड रिसोर्टमा बिहान १० : ३० बजेदेखि शुरु हुनेछ।

सभाले अन्य कुनै लघुवित्त कम्पनीसँग मर्जरमा जाने वा प्राप्ति गर्ने प्रक्रिया अगाडि बढाउन आवश्यक पर्ने सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने विशेष प्रस्ताव पारित गर्नेछ ।

साथै सभाले मर्जरमा जाने, कुनै पनि लघुवित्तसँग एक आपसमा गाभ्ने/गाभिने तथा प्राप्ति/समाहित हुने,डिमर्जर गर्ने, उपयुक्त लघुवित्त कम्पनी पहिचान गर्ने र यससँग सम्बन्धीत सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

यसका साथै सभाले  प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न नियमनकारी निकायहरुबाट कुनै निर्देशन प्राप्त भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित पनि पारित गर्नेछ ।विशेष साधारणसभा प्रयोजनार्थ कम्पनीले आगामी साउन ३१ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। 

केहि समयअघि मात्र मानुषी र सृजनशील लघुवित्त वित्तीय संस्था बीचको मर्जर प्रक्रिया रद्द भएको थियो ।कम्पनीले २०८० फागुन १६ गते नेपाल राष्ट्र बैंकलाई पत्राचार गर्दै मर्जर पार्टनर सृजनशील लघुवित्तको वित्तीय अवस्था सन्तोषजनक नभएको दाबी गर्दै डिमर्ज गर्ने घोषणा गरेको थियो । 

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved