कालिका लघुवित्तको नाफा १३४.०३% ले बढ्यो, यस्ता छन् अन्य सूचक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 09, 2024 | 09:16:00 AM मा प्रकाशित

laxmi sunrise bank

कालिका लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण शुक्रबार प्रकाशित गरेको छ।

प्रकाशित वित्तीय विवरण अनुसार उक्त अवधिमा कम्पनीको खुद नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा उल्लेख्य रुपमा बढेको छ।

समीक्षा अवधिमा कम्पनीले ६ करोड ३१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आवको तुलनामा १३४.०३ प्रतिशतले बढी हो। अघिल्लो आवको सोही अवधिसम्ममा कम्पनीले २ करोड ६९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

खुद ब्याज आम्दानी सामान्य बढेपनि इम्पेरिमेन्ट चार्ज रिभर्स भएका कारण कम्पनीको खुद नाफा बढ्न टेवा मिलेको हो।उक्त अवधिसम्ममा कम्पनीको खुद ब्याज आम्दानी ०.५४ प्रतिशत र कुल सञ्चालन आम्दानी १.५५ प्रतिशत बढेको छ। कम्पनीको समीक्षा अवधिसम्ममा इम्पेरिमेन्ट चार्ज २ करोड ७८ लाख रुपैयाँ रिभर्स छ।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ९.७१ रुपैयाँ बढेर १६.८५ रुपैयाँ पुगेको छ। यसैगरी, कम्पनीको वितरणयोग्य मुनाफा ३ करोड ४४ लाख रुपैयाँ छ ।कम्पनीको रिजर्भ कोषमा २७ करोड ६ लाख रुपैयाँ सञ्चित छ।

त्यस्तै कम्पनीको प्रतिशेयर नेटवर्थ १७२.७० रुपैयाँ  र मूल्य आम्दानी अनुपात ७५.८१ गुणा छ।गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले ३ अर्ब ४९ करोड रुपैयाँ निक्षेप संकलन तथा सापटी गरेर ३ अर्ब ९० करोडको कर्जा प्रवाह गरेको छ।

कम्पनीको चुक्तापूँजी ३७ करोड २३ लाख रुपैयाँ छ ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved