मिथिला लघुवित्तको नाफा र आम्दानी दुवै बढ्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 09, 2024 | 10:19:56 AM मा प्रकाशित

मिथिला लघुवित्त वित्तीय संस्थाको गत आर्थिक वर्षमा खुद नाफा र आम्दानी दुवै बढेको छ ।

कम्पनीले शुक्रबार प्रकाशित गरेको परिष्कृत वित्तीय विवरण अनुसार गत आवको चौथो त्रैमाससम्ममा ४ करोड ७५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आवको उक्त अवधिसम्ममा भने कम्पनीले २ करोड ९५ लाख ५९ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको थियो । यो नाफा अघिल्लो आवको तुलनामा ६०.८४ प्रतिशतले बढी हो ।  

कम्पनीले समीक्षा अवधिसम्ममा १४ करोड ७४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो अघिल्लो आवको सोही अवधिको तुलनामा ५६.०२ प्रतिशतले बढी हो । अघिल्लो आवको उक्त अवधिसम्ममा कम्पनीले ९ करोड ४४ लाख रुपैयाँबराबरको खुद ब्याज आम्दानी गरेको थियो ।  

कम्पनीले गत आवमा ५ करोड ९३ लाख रुपैयाँ बराबरको सञ्चालन मुनाफा आर्जन गरेको छ । यसैगरी, कम्पनीमा कर्मचारी खर्च ४.८९ प्रतिशतले बढेर ६ करोड ३९ लाख पुगेको छ भने खर्च पनि ३८.९६ प्रतिशतले बढेर ४ करोड ७४ लाख रुपैयाँ पुगेको छ ।    

यसैगरी, कम्पनीको रिजर्भ कोषमा १२ करोड ७८ लाख रुपैयाँ  सञ्चित छ । समीक्षा अवधिसम्ममा कम्पनीले निक्षेप संलकन १ अर्ब ४ करोड गरेर २ अर्ब ७५ करोड रुपैयाँ कर्जा प्रवाह  रहेको छ ।  

समीक्षा अवधिसम्ममा कम्पनीको खराब कर्जा अनुपातमा कमी आएको देखिन्छ । अघिल्लो आवको चौथो त्रैमाससम्ममा ४.७८ प्रतिशत रहेको खराब कर्जा अनुपात घटेर ३.३९ प्रतिशतमा झरेको छ ।

त्यस्तै कम्पनीको प्रतिशेयर आम्दानी २४.२६ रुपैयाँ छ भने प्रतिशेयर नेटवर्थ १६५.२२ रुपैयाँ छ । यसैगरी कम्पनीको मूल्य आम्दानी अनुपात ५६.८५ गुणा र तरलता अनुपात ७.०९ प्रतिशत छ । कम्पनीको चुक्तापूँजी १९ करोड ६० लाख २ हजार रुपैयाँ छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved