मातृभूमि लघुवित्तको शेयर कारोबार भोलिदेखि खुला, कति पायो ओपनिङ रेन्ज ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 12, 2024 | 04:45:02 PM मा प्रकाशित

laxmi sunrise bank

 मातृभूमि लघुवित्त वित्तीय संस्थाको शेयर कारोबार मंगलबारदेखि खुल्ने भएको छ।

साबिक जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था र किसान लघुवित्त वित्तीय संस्थाको मर्जरपछि मातृभूमि लघुवित्त वित्तीय संस्थाको नाममा शेयर कारोबार खुला हुने नेपाल स्टक एक्सचेञ्ज(नेप्से) ले बताएको छ । नेप्सेले मर्जर प्रयोजनका लागि रोक्का रहेको कम्पनीको शेयर फुकुवा पनि गरेको छ।

यसअघि साबिक जाल्पा सामुदायिक लघुवित्त र किसान लघुवित्त १ : ०.८८३४ शेयर स्वाप रेसियोमा आपसमा मर्जर भएर मातृभूमि लघुवित्त वित्तीय संस्थाले एकीकृत कारोबार गरेका थिए ।

ती दुवै लघुवित्त कम्पनी एकापसमा गाभिएपछि कुल ६२ लाख ८३ हजार ५७३.३७ कित्ता शेयर मातृभूमि लघुवित्त वित्तीय संस्थाको नाममा उक्त शेयर नेप्सेमा सूचीकृत भएको हो। अब मंगलबारबाट मातृभूमि लघुवित्तको नाममा शेयर कारोबार शुरु हुनेछ। नेप्सेले कम्पनीको स्टक सिम्बोल ‘एमएटीआरआई’ दिएको छ।

मर्जरपछिको पहिलो कारोबारका लागि नेप्सेले कम्पनीको शेयरमूल्य प्रतिकित्ता १ हजार २७८.३९ रुपैयाँ ओपनिङ रेन्ज तोकेको छ। 

हेर्नुहोस सूचना :




Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved