छिमेक लघुवित्त वित्तीय संस्था अझै पनि अर्ब क्लबमा रहन सफल भएको छ। अघिल्लो आर्थिक वर्ष १ अर्ब ६ करोड मुनाफा आर्जन गरेको उक्त कम्पनीले गत आर्थिक वर्षमा पनि १ अर्ब खुद मुनाफा गरेर अर्ब क्लबमा आधिपत्य जमाएको हो ।
बुधबार प्रकाशित गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणमा उल्लेख भए अनुसार कम्पनीको ब्याज आम्दानी करिब डेढ प्रतिशतले घटेको छ ।
जसका कारण कम्पनीको खुद ब्याज आम्दानी २ अर्ब ८५ करोडबाट २ अर्ब ८२ करोड रुपैयाँमा झरेको छ । जसले गर्दा उसको खुद मुनाफामा केहि प्रभावित भएको छ।
खुद मुनाफा प्रभावित भए पनि कम्पनीसँग आफ्ना शेयरधनीका लागि बाँड्न मिल्ने नाफा झन्डै १ अर्ब ७२ करोड छ। कम्पनीको रिजर्भ कोषमा २ अर्ब ६८ करोड सञ्चित छ।
समीक्षा अवधिसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी ३३.६२ रुपैयाँ छ भने प्रतिशेयर नेटवर्थ २४९.१५ रुपैयाँ छ। उक्त अवधिसम्ममा कम्पनीको चुक्तापूँजी २ अर्ब ९७ करोड छ ।