खराब कर्जा घट्दा डिप्रोक्स लघुवित्तको नाफा ३३१.९१% ले बढ्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 16, 2024 | 11:08:13 AM मा प्रकाशित

laxmi sunrise bank

डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष(आव) को चौथो त्रैमासम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। प्रकाशित वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा बढेको छ।

गत आवको अन्त्यसम्ममा कम्पनीले ५८ करोड १६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आवको सोही अवधिको तुलनामा ३३१.९१ प्रतिशतले बढी हो। अघिल्लो आवमा कम्पनीले १३ करोड ४६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी सामान्य बढेपनि खराब कर्जा घटेपछि कम्पनीको खुद नाफामा टेवा पुगेको हो ।समीक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी २४.०६ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी २१.१८ प्रतिशतले वृद्धि भएको छ। यसैगरी, कम्पनीको खुद सञ्चालन आम्दानी २२.२८ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा पनि २४१.६२ प्रतिशतले बढेको छ।

कम्पनीको इम्पेरिमेन्ट चार्ज भने ९ करोड ८७ लाख रुपैयाँ रिभर्स भएको छ । त्यस्तै कम्पनीको खराब कर्जा भने ६.१५ प्रतिशतबाट घटेर २.८९ प्रतिशतमा झरेको छ। जसका कारण सञ्चालन मुनाफा र खुद नाफा बढ्नमा टेवा पुगेको हो।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी बढेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ३४.९ रुपैयाँ पुगेको छ। कम्पनीको जगेडा कोषमा १ अर्ब ९९ करोड रुपैयाँ सञ्चित छ। समीक्षा अवधिमा कम्पनीले २१ अर्ब ५ करोड रुपैयाँ निक्षेप संकलन गरेर तथा सापटी गरेर २३ अर्ब ७२ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।

गत आवको अन्त्यसम्ममा कम्पनीको  वितरणयोग्य मुनाफा ४० करोड ९४ लाख रुपैयाँ छ ।  कम्पनीको मूल्य आम्दानी अनुपात २४.६७ गुणा छ भने प्रतिशेयर नेटवर्थ २१६.८० रुपैयाँ छ।कम्पनीको चुक्तापूँजी १ अर्ब ७० करोड ६१ लाख रुपैयाँ छ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved