
एनएमबि लघुवित्त वित्तीय संस्थाको शेयर संरचना परिवर्तन भएको छ ।
अब संस्थापक समूहतर्फ शेयर स्वामित्व ७० प्रतिशतबाट ६० प्रतिशत कायम र सर्वसाधारण समूहको शेयर स्वामित्व ३० प्रतिशतबाट ४० प्रतिशत हुने कम्पनीले जनाएको छ ।
हालैमात्र सम्पन्न ११ औं वार्षिक साधारण सभामा पेश भई पारित भएको उक्त निर्णय आवश्यक प्रक्रिया पुरा गरी कार्यान्वयन हुने पनि कम्पनीले बताएको छ ।
सभाले केन्द्रीय कार्यालय रहने ठेगाना र संस्थापक तथा सर्वसाधारणतर्फको शेयर संरचना सम्बन्धी प्रबन्धपत्रका दफाहरु संशोधन गर्ने प्रस्ताव पारित गरेको थियो ।