मानुषी लघुवित्तले कमायो करिब २ करोड नाफा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 18, 2024 | 02:16:06 PM मा प्रकाशित

laxmi sunrise bank

मानुषी लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष(आव) २०८०/८१ को चौथो त्रैमास सम्ममा करिब १ करोड ९२ लाख खुद नाफा गरेको छ । 

अघिल्लो आवको सोही अवधिमा ४ करोड ४२ लाख खुद नोक्सानीमा रहेको कम्पनीले गत आवमा खुद नाफा आर्जन गरेको छ । २ करोड ७२ लाख भन्दा बढी सञ्चालन नाफा गरेको उक्त कम्पनीको गत आवमा इम्पेरिमेन्ट चार्जबापतको १ करोड ३८ लाख भन्दा बढी रकम फिर्ता भएसँगै संस्था नाफामा गएको हो ।

१० करोड ९३ लाख ७५ हजार शेयर पूँजी भएको कम्पनीको जगेडा कोषमा ५ करोड ४७ लाख ७ हजार २२५  रुपैयाँ छ । यसैगरी, करिब १ करोड ४३ लाख वितरण योग्य नाफा रहेको कम्पनीको प्रतिशेयर आम्दानी १७.५३ र प्रतिशेयर नेटवर्थ १५०.०२ छ ।

 कम्पनीले समीक्षा अवधिसम्ममा ३३ हजार ७१८ सदस्यहरुबाट ९८ करोड ७८ लाख भन्दा बढि निक्षेप संकलन गरेको छ । अघिल्लो आवमा २०७९/८० मा ७.९ प्रतिशत रहेको निष्क्रिय कर्जा समीक्षा अवधिमा ४.४६ प्रतिशतमा झरेको कम्पनीले प्रकाशित गरेको वित्तीय विवरणमा उल्लेख छ ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved