नेरुड़े मिर्मिरे लघुवित्त बित्तिय संस्थामा बर्षदिनदेखि चलेको कर्मचारीको 'ज्यानमारा' आन्दोलन अन्तत पुर्व अध्यक्ष टेक बहादुर बोहराको अग्रसरतामा टुंगिएको छ। ज्यानलिने प्रयासमा पुगेको नेरुड़े र मिर्मिरेका कर्मचारीको आन्दोलन अन्तत बोहराको उपस्तिथीमा बसेको बैठकले टुंग्याएको हो।
आन्दोलनरत नेरुड़े र मिमिरेका कर्मचारीका माग सम्बोधन हुनेगरी सबै स्थायी कर्मचारीको मासिक २ हजार ५०० लघुवित्त भत्तामा समायोजन गर्नेबारे सहमति जुटेपछि आन्दोलन सकिएको हो। लघुवित्तको कोशी प्रदेश कार्यालय बिराटनगरमा शेयरधनी, संचालक, कर्मचारी संगठनका पदाधिकारी तथा कर्मचारीको कात्तिक २८ गते बसेको बैठकले यस्तो जुटाएको हो।
बोहराको उपस्तिथीमा बसेको बैठकमा संचालक समिति अध्यक्ष मणि कुमार अर्याल, संचालक सुधिर कुमार श्रेष्ठ, पुर्व अध्यक्ष भेष प्रसाद धमला, तत्कालिन मिर्मिरेका कर्मचारी संगठनका अध्यक्ष कटक बहादुर र महासचिव महम्मद मक्सुद अन्सारी तथा नेरुड़े मिर्मिरेका कर्मचारी संगठनका अध्यक्ष राम प्रसाद ढुंगानाको उपस्तिथी थियो ।
मर्जर सम्झौता पश्चात नेरुड़ेका कर्मचारीलाई मर्जर समितिको स्वीकृतिबीना दिएको सुविधाका कारण नेरुड़े र मिर्मिरे लघुवित्तका कर्मचारी बर्षदिनदेखि आन्दोलनमा थिए। जसकारण लघुवित्तका सम्पूर्ण काम कारबाही प्रभावित भएको थियो।