नेरुड़े र मिर्मिरे मिलेर बनेको नेरुड़े मिर्मिरे लघुवित्तमा दुई संस्थाका कर्मचारीको आन्दोलनले केहि दिन अघिमात्रै विश्राम पाएको छ। तर आन्दोलनको असर नेरुड़े लघुवित्तको बित्तिय विवरणमा छर्लंग देखिएको छ।
गत आर्थिक वर्षको यस अवधिमा १ करोड ९० लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको नेरुड़े मिर्मिरे लघुवित्त चालू आर्थिक वर्षको पहिलो त्रैमासमा २६ करोड ११ लाखले घाटामा गएको छ। खराब कर्जा पनि ५ दशमलब ५२ प्रतिशतबाट बढेर १६ दशमलब १४ प्रतिशत पुगेको छ।
नेरुड़े मिर्मिरे लघुवित्त यो अवस्थामा पुग्नुको प्रमुख कारण कर्मचारीहरुको आन्दोलन भन्दा पनि संस्थाभित्रको आन्तरिक किचलो हो। नेरुड़ेमा मिर्मिरेआन्तरिक किचलोको कारण राष्ट्र बैंक लघुवित्त बिभागको अनावश्यक राजनीति भएको जानकार बताउछन।
लघुवित्त बिभागका तत्कालिन हाकिम रेवती नेपालले आफुले चाहेको मान्छेलाई अध्यक्ष बनाउन मर्जर अगाडीको सम्झौतामा नै हस्तक्षेप गरेको स्रोत बताउछ। मर्जर पश्चात बन्ने नेरुड़े मिर्मिरेमा अध्यक्ष मिर्मिरे र प्रमुख कार्यकारी नेरुड़ेले पाउनेगरी मर्जर सम्झौता भएको थियो।
तर रेवती नेपालले राष्ट्र बैंकको नियमकीय अधिकारको दुरुपयोग गरेर मिर्मिरेका अध्यक्ष टेक बहादुर बोहरालाई दफा सय लगाएर कारबाही गरे। यद्दपि अदालतले राष्ट्र बैंकको यो कारबाहीलाई गलत भन्दै बोहराको पक्षमा आदेश सुनाएको छ। त्यस्तै नियामकिय अधिकारको दुरुपयोग गरेकै कारण रेवती नेपाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत प्रश्न गरेको छ।
त्यस पश्चात सुरु भएको किचलोले संस्थाभित्र कर्मचारीको आन्दोलन जन्माएको हो। र महिना दिन अघि बोहरा अध्यक्ष बनेर आएपनि राष्ट्र बैंकले कुनै हालतमा सफत नखुवाउने अडान लिएपछि नेरुड़े मिर्मिरे फेरि समस्याको भुमरीमा फसेको थियो। यद्दपि केहि दिन अघि बोहराको अग्रसरतामा तत्कालिन नेरुड़े र मिर्मिरेका पदाधिकारी लगायतका सरोकारवाला मिलेर किचलो मिलाएका छन्।
राजनीति दलहरुमा जस्तै आफुले चाहेको व्यक्तिलाई अध्यक्ष, प्रमुख कार्यकारी र उच्च पदमा राख्न चाहने राष्ट्र बैंकका कर्मचारीको स्वार्थ हाबी भएपछि पछिल्लो समय लघुवित्तमा मात्रै नभई ठुला कमर्शियल बैंकमा पनि सुशासनमा खडेरी देखिन थालेको छ। यी सबै खराब राजनीतिको असर नेरुड़े मिर्मिरेको जस्तै संस्थाको बित्तिय विवरणमा पोखिन थालेका छन्।
यस अघि:
- पुर्वअध्यक्ष बोहराको अग्रसरमा टुंगियो नेरुड़े मिर्मिरेको 'ज्यानमारा' आन्दोलन
-'हत्याको प्रयास' मा पुग्यो नेरुड़े मिर्मिरे लघुवित्तमा कर्मचारीको आन्दोलन
- कर्मचारीको आन्दोलनले नेरुडे मिर्मिरेमा उथलपुथल, अध्यक्षमा फर्किए बोहरा
- व्यवस्थापनले नसुनेपछि मिडियामा आए मिर्मिरेका कर्मचारी, गरे गम्भीर खुलासा
-