फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको १२ औं वार्षिक साधारणसभा मंसिर २८ गते बस्ने भएको छ । लघुवित्तको मंसिर २ गते आइतबार बसेको सञ्चालक समितिको बैठकअनुसार सभा मंसिर २८ गते दिनेश चौधरी स्मृति प्रतिष्ठानको सभाहल, दुहवी, सुनसरीमा बिहान ११ बजे बस्ने भएको हो ।
सभामा गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पुँजीको १३ लशमलव ३० प्रतिशत बोनस शेयर र शून्य दशमलव ७० प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) वितरणको प्रस्ताव पेश हुने बताएको छ ।
त्यसैगरी लघुवित्तले अन्य ‘घ’ वर्गको वित्तीय संस्थासँग मर्जरका लागि आवश्यक कार्य गर्न र प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पनि सभामा पेश गर्नेछ ।
यसका साथै गत आवको वित्तीय विवरणहरू माथि छलफल गरी पारित गर्ने र चालू आवका लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत रहेको छ ।
साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि लघुवित्तले मंसिर १४ गते एक दिन बुक क्लोज गर्ने भएको छ । मंसिर १३ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।