मञ्जुश्री फाइनान्सको १७ औं वार्षिक साधारण सभा सम्पन्न, के–के प्रस्ताव भए पारित ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 13, 2025 | 10:23:04 AM मा प्रकाशित

laxmi sunrise bank

मञ्जुश्री फाइनान्स लिमिटेडको सत्रौ वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा पुस २८ गते, थापागाँउ व्याङकेट, थापागाँउ, नयाँबानेश्वर, काठमान्डौंमा सम्पन्न भएको हो । 

साधारण सभाबाट आ.व. २०८०/०८१ को लागि प्रस्तावित ६.३५ प्रतिशत नगद लाभांश (नगद लाभांशको कर समेत) वितरण गर्ने निर्णय पारित गरेको छ । 

साधारण सभाबाट मञ्जुश्री फाइनान्स लिमिटेडको सञ्चालक समितिमा संस्थापक समूहका शेयरधनीहरुको तर्फबाट ३ (तीन) जना यादव अधिकारी, रामहरि शर्मा तथा सुमन प्रसाद अधिकारी र सर्वसाधारण समूहका शेयरधनीहरुको तर्फबाट १ (एक) सतिश गौतम गरि ४ (चार) जना सञ्चालकहरु आगामी ४ वर्षका लागि निर्बिरोध  निर्वाचित भएका छन् । 

वित्तीय संस्थाको रजिष्टर्ड (केन्द्रिय) कार्यालयलाई का.जि. का.म.न.पा. वडा नं. १० बाट ठाउँसारी गरी का.जि. का.म.न.पा. वडा नं. ११ स्थित आफ्नै भवनमा राख्नका लागि प्रवन्ध पत्रको दफा २ (१) र नियमावलीको नियम २ मा संशोधन गर्ने निर्णय पारित गरेको छ । 

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved