सिवाइसि लघुवित्तको वार्षिक साधारण सभा स्थगित, कर्णाली विकास बैंकजस्तो बन्ने जोखिम

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 14, 2025 | 12:38:00 PM मा प्रकाशित

laxmi sunrise bank

सिवाइसि लघुवित्त वित्तीय संस्थाको वार्षिक साधारण सभा कोरम अभावका कारण सम्पन्न हुन नसकेको पाइएको छ। संस्थाका असन्तुष्ट संस्थापक सेयरधनीहरुले अघि सारेको माग पुरा नभएपछि सभाका लागि चाहिने कोरम अभाव भएको हो। 

सिवाइसिसंग मर्जर तथा प्राप्तिको सम्झौता गरेको तत्कालिन आँधिखोला लघुवित्तका संस्थापक शेयरधनीहरुले बहालवाला संचालक समिति र व्यवस्थापनको काम कर्त्यब्यमा प्रश्न उठाउदै त्यसको समाधान मागेका थिए। तर समाधानको सर्तमा राखिएका अहिलेका अध्यक्ष र सीइओको राजिनामा, स्वतन्त्र छानबिन समिति गठन को माग पुरा नभएपछि सहमति जुट्न नसकेको हो। 

तत्कालिन आँधिखोला लघुवित्त र सिवाइसि लघुवित्त एकआपसमा समान स्वाप अनुपातमा गाभिएर बनेको सिवाइसि लघुवित्त विभिन्न विवादका कारण मर्जरपछि नै समस्यामा परेको छ।

अध्यक्ष र सीईओ तथा असन्तुष्ट आँधिखोलाका शेयरधनीबीच निरन्तर वार्ता भएपनि सहमति जुट्न नसकेपछि साधारणसभा स्थगित हुन पुगेको हो। असन्तुष्ट पक्षले अध्यक्ष र सीईओको राजीनामा र छानबिन समिति गठन लाई सहमतीको न्यूनतम आधार मानेको थियो। तर यी दुवै मागमा सहमति नजुटेपछि अध्यक्ष र सीईओ पोखराबाट आफ्नो वासस्थान फर्किएपछि सम्भावित सहमति टरेको हो।

असन्तुष्ट आँधिखोलाका शेयरधनीहरुबाट वार्ता तथा छलफलमा सहभागी संस्थापक शेयरधनी केदार काफ्लेकाअनुसार संस्थालाई सहि दिशामा लैजान अहिलेका अध्यक्ष हटाएर भएकै संचालक समिति सदस्यबाट वा नयाँबाट अध्यक्ष चयन गर्ने र नयाँ कार्यकारी प्रमुख नियुक्त गर्ने पहिलो माग थियो। तर यस बिषयमा नै सहमति नजुटेपछि अहिलेलाई साधारणसभा टरेको छ। तर संस्थाको समस्या टरेको छैन। 

सिवाइसि लघुवित्तका प्रमुख कार्यकारी अधिकृत डोलेन्द्र राज शर्माले भने संस्थापक शेयरधनीहरुबाटै साधारणसभाको मुखमा यस प्रकारको माग सहितको वार्ता दुखद भएको बताएका छन्। संस्थापक शेयरधनीले आम सर्वसाधारण लगानीकर्ता सहित निक्षेपकर्ताको हकहितको बारेमा सोचेर विवादलाई आन्तरिक रुपमा नै मिलाउनुपर्नेमा बाहिर सबैले थाहा पाउनेगरि विवाद सिर्जना गरेर लगानीकर्तालाई नै दुखाउनु गलत भएको बताए। 

उनले भने, " चार कोठामा बसेर छलफल गर्नुपर्ने चफल चौतारीमा बसेर गर्न खोजियो, यसले संस्थाको इमेजमा असर परेको छ, तर आम सर्वसाधारण शेयरधनी र आम निक्षेपकर्ताले चिन्ता लिन पर्दैन, संस्था पहिला भन्दा थप राम्रो ढंगले अघि बढ्छ।"

साधारण सभा स्थगित भएतापनि कम शेयरधनीको उपस्थितिमा पुन: सभा आव्हान गर्न संस्थाका बहालवाला संचालक समितिले प्रयास गर्न सक्ने संभावना छ। तर, यस्तो प्रयास भएमा,  असन्तुष्ट शेयरधनीहरू राष्ट्र बैंक, सम्पत्ति शुद्धिकरण, र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतका निकाय गुहार्न सक्ने सम्भावना रहन्छ। 

अहिलेको यो टकरावले सिवाइसि लघुवित्तलाई कर्णाली विकास बैंकजस्तो समस्याग्रस्त अवस्थामा पुर्याउन सक्ने जोखिम देखिएको छ। कर्णालीमा पनि आर्थिक हिनामिनाका कारण राष्ट्र बैंकले टेकओभर गर्नुपरेको उदाहरणले सिवाइसिका शेयरधनीहरूलाई सतर्क बनाएको छ। संस्थापक शेयरधनीहरुले अस्विकार गरेको साधारणसभा र बहुमतलेको संचालक समितिको निर्णयले सिवाइसिको स्थायित्व र भविष्यमाथि गम्भीर प्रश्न खडा गरेको छ। 

यहि १२ गतेलाई अर्को साधारणसभा डाकिएको छ। यो साधारणसभामा ५१ प्रतिशत बढीको उपस्थितिबाट नै संस्थाका प्रस्तावहरु पारित हुने र संस्था पहिलेभन्दा अझ राम्रोसंग लयमा फर्किने सीइओ शर्माको दाबी छ। 

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved