आन्तरिक किचलोमा रुमलिएको नेरुडे मिर्मिरेको लाभांश नदिने निर्णय, शेयरधनी निराश

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 21, 2025 | 10:52:42 AM मा प्रकाशित

आन्तरिक किचलोमा रुमलिएको नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण नगर्ने निर्णय गरेको छ। संस्थाको चैत ७ गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो।

तत्कालिन नेरुड़े र मिर्मिरे लघुवित्तका संचालक र कर्मचारीबीचको पछिल्लो एक वर्षदेखिको किचलोले अझैं समाधान हुने संकेत देखाएको छैन। जसले गर्दा कुनै बेला राम्रो मानिने यी संस्थाहरु पछिल्लो समय शेयरधनीलाई लाभांश दिन नसक्ने अवस्थामा पुगेका हुन्। 

सञ्चालक समितिको निर्णयअनुसार, आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट कुनै नगद वा बोनस लाभांश नदिने प्रस्ताव तयार गरिएको छ। सोही निर्णयअनुसारको वित्तीय विवरण नेपाल राष्ट्र बैंकमा स्वीकृतिका लागि पठाइने जानकारी लघुवित्तले दिएको छ।

गत वर्ष केही लघुवित्त संस्थाहरूले साधारण मुनाफा प्राप्त गरेका अवस्थामा पनि लाभांश वितरण नगर्नु शेयरधनीहरूका लागि निराशाजनक भएको छ। लगानीकर्ताहरूले लघुवित्तबाट नियमित लाभांशको अपेक्षा गर्ने गरेका छन्, तर चालु वर्षमा बजारमा देखिएको अनिश्चितता, नियामकीय दवाव र व्यवस्थापन खर्चका कारण धेरै लघुवित्तहरूले लाभांश वितरणमा कडाइ गर्न थालेका छन्।

नेरुडे मिर्मिरेको यो निर्णय पनि सोही प्रवृत्तिको निरन्तरता भएको देखिन्छ। यद्यपि, कम्पनीले आगामी दिनमा वित्तीय सुधार र सञ्चालन दक्षता अभिवृद्धिका लागि रणनीतिक योजना ल्याउने जनाएको छ।

नेपाल राष्ट्र बैंकले लाभांश वितरणमा सन्तुलन र पूँजी आधार सुदृढ गर्न निर्देशन दिँदै आएको सन्दर्भमा, नेरुडे मिर्मिरेको निर्णय नियामक नीतिसँग मेल खाने देखिन्छ। तर, अल्पकालीन रूपमा यसले शेयर बजारमा कम्पनीप्रतिको लगानीकर्ता विश्वासमा असर पार्ने अनुमान गरिएको छ।


Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved