हिमालयन लघुवित्तद्वारा ग्लोबल मनी वीकको अवसरमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 25, 2025 | 01:23:22 PM मा प्रकाशित

हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडले चैत ४ देखि १० सम्म मनाइएको ग्लोबल मनी वीक २०२५ को अवसरमा देशभर वित्तीय साक्षरतासम्बन्धी विभिन्न कार्यक्रमहरू सञ्चालन गरेको छ। “Protect your money, secure your future” भन्ने नाराका साथ सञ्चालित कार्यक्रममा वित्तीय ज्ञान, सीप र मनोवृत्तिको विकासलाई लक्षित गर्दै विविध गतिविधिहरू सम्पन्न गरिएको हो।

हिमालयन बैंक लिमिटेडको सहायक कम्पनीको रूपमा सञ्चालनमा रहेको लघुवित्त संस्थाले आफ्ना ७५ शाखा कार्यालयहरूबाट ३२ जिल्लामा व्यापक कार्यक्रमहरू सञ्चालन गरेको छ। संस्थामा आवद्ध सदस्यहरू, समुदाय, तथा विद्यालय–कलेजमा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गरी गरिएको कार्यक्रममा वित्तीय सचेतना, बचत, कर्जा, खर्च व्यवस्थापन, डिजिटल भुक्तानी प्रणाली, बीमा तथा वित्तीय योजनाका विषयमा जानकारी दिइएको थियो।

कार्यक्रममा प्लेकार्ड, ब्यानर र र्यालीसमेत आयोजना गरिएका थिए, जसले स्थानीय समुदायमा वित्तीय साक्षरताको महत्वबारे जागरूकता फैलाएको संस्थाले जनाएको छ। कुल १२ हजारभन्दा बढी व्यक्तिहरू कार्यक्रममार्फत प्रत्यक्ष लाभान्वित भएका छन्, जसमा १,२२० जना विद्यार्थीहरू सहभागी भएका थिए।

हिमालयन लघुवित्तले वित्तीय पहुँचबाट टाढा रहेका वर्गहरूलाई लक्षित गर्दै जिम्मेवार वित्तीय व्यवहार निर्माण गर्न यस्ता अभियान प्रभावकारी हुने विश्वास व्यक्त गरेको छ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved