१५ वर्षे सेरोफेरोमा जनउत्थान लघुवित्त, सामाजिक दायित्वसँगै साझेदारी विस्तार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 09, 2025 | 04:26:44 PM मा प्रकाशित

nepal oil ltd

जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो स्थापनाको १५औं वार्षिकोत्सव विभिन्न कार्यक्रमकाबीच मनाएको छ। चैत्र २७ गते बुटवलस्थित एसियन पार्टी प्यालेसमा आयोजित समारोहमा संस्था सञ्चालक समितिका अध्यक्ष डा. मान बहादुर विश्वकर्माको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो।

समारोहमा अध्यक्ष विश्वकर्माले संस्थाले १५ वर्षको निरन्तर यात्रामा राष्ट्र बैंक, नियामक निकाय, शेयरधनी, कर्मचारी, बैंकिङ्ग सदस्य र साझेदारहरूको योगदानप्रति आभार व्यक्त गर्दै आगामी दिनमा अझै सरल, सुदृढ र विश्वासिलो सेवा प्रदान गर्ने प्रतिबद्धता जनाए।

कार्यक्रममा लुम्बिनी वाणिज्य क्याम्पस बुटवलसँग लघुवित्त, उद्यमशीलता, वित्तीय साक्षरता र करियर निर्माणका लागि समझदारीपत्रमा हस्ताक्षर गरियो। क्याम्पस प्रमुख डा. तारा प्रसाद उपाध्यायले सीप र प्रविधि अभावमा शिक्षा अपूरो हुने उल्लेख गर्दै सहकार्यबाट उद्देश्य प्राप्ति सहज हुने विश्वास व्यक्त गरे।

कार्यक्रममा सर्भिस केन्द्रकी सदस्य अनिता विश्वकर्माले बिनाधितो ऋण पाएर उद्यम गर्न सहज भएको अनुभव सुनाइन्। पूर्वअध्यक्ष बाबुराम विश्वकर्माले ऋणलाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्न सुझाव दिए। प्रशिक्षक यज्ञ बिक्रम शाहीले सहभागीहरूलाई बैंकिङ्ग ज्ञानसम्बन्धी प्रशिक्षण दिएका थिए।

वार्षिकोत्सवको अवसरमा देशभरका ३९ शाखामार्फत विभिन्न सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान, सरसफाइ, बिउविजन वितरण, झोला, स्टेशनरी, खेलकुद सामग्री र राहत वितरणजस्ता कार्यक्रम सञ्चालन गरिएको थियो। प्रमुख कार्यकारी अधिकृत सुनिल कुमार रायले सृजनात्मक कार्यक्रममार्फत समाजप्रति उत्तरदायी संस्था बन्ने प्रतिबद्धता दोहोर्‍याए।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved