विदेश भ्रमणमा जाने नेपालीले पाउने डलर सटही सुविधा बढ्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 23, 2023 | 01:43:07 PM मा प्रकाशित

laxmi sunrise bank

विदेश घुम्न जाने नेपालीले पाउने डलर सटही सुविधा बढेको छ । राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीतिमार्फत भारत बाहेकका देशको भ्रमणमा जाने नेपालीले वर्षमा २ पटकसम्म अमेरिकी डलर १५ सयसम्म सटही सुविधा पाउँदै आएकोमा अब २५ सय डलरसम्म साट्न पाउने भएका हुन् । 

‘भारतबाहेक अन्य मुलुकहरूको भ्रमणमा जाने नेपाली नागरिकहरूलाई राहदानी सुविधावापत् एक वर्षमा दुई पटकसम्म अमेरिकी डलर १५०० सम्म सटही सुविधा उपलव्ध गराइने विद्यमान व्यवस्थालाई परिमार्जन गरी अमेरिकी डलर २५०० सम्म उपलब्ध गराइने व्यवस्था गरिनेछ’ राष्ट्र बैंकले भनेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved