निराशा र चुनौतीका बीच मौद्रिक नीति ल्याउँछौं : गभर्नर अधिकारी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 08, 2024 | 02:58:05 PM मा प्रकाशित

laxmi sunrise bank

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आगामी आर्थिक वर्ष २०८१/ ०८२ को मौद्रिक नीति व्यवसायीहरुको निराशा र चुनौतीको बीच ल्याउने तयारी भइरहेको बताएका छन् । उनले यसका लागि अहिले सबै पक्षसँग छलफल जारी राखेको बताएका छन् । 

सोमबार आयोजित अर्थ समितिको बैठकमा उनले आगामी मौद्रिक नीतिका सम्बन्धमा सांसदहरुको चासोको विषयलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । साथै उनले मौद्रिक नितिले समेट्नु पर्छ भन्ने चासो सबैको रहेको उल्लेख गर्दै यसले सबैलाई समेट्न सक्दैन, यसका पनि आफ्नै बाध्यता र सीमितता रहेका छन् भनी बताए । 

उनले १२ महिना पुग्ने बिदेशी मुद्रा सञ्चिती रहेको उल्लेख गर्दै अपेक्षा गरे अनुसारको राजस्व उठ्न सकेको नसकेको बताए ।

उनले बैंक तथा वित्तीय संस्थाको निष्क्रिय कर्जा बढ्दै गएर ३.७ प्रतिशत पुगेको पनि बताए । उनले निर्माण व्यवसायीले काम गरेको रकम पनि नपाएको अवस्था छ, ब्याजदर घटेको अवस्थामा पनि कर्जा प्रवाह हुन सकेको छैन भनी बताए । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved