चालू आर्थिक वर्षको मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने तयारी, कस्तो आउला त ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 25, 2024 | 11:32:05 AM मा प्रकाशित

laxmi sunrise bank

नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०८१/०८२ को मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने तयारी गरेको छ ।।

शुक्रबार विहान १० बजे बस्नेगरी सञ्चालक समितिको बैठक बोलाइएको नेपाल राष्ट्र बैंकका सहायक सूचना अधिकारी डा भागवत आचार्यले जानकारी दिए । उनले भने,‘ विहान ११ बजे सञ्चालक समितिको बैठक बोलाइएको र दिउँसो ४ बजेभित्र मौद्रिक नीति सार्वजनिक गर्ने तयारी छ ।’

अघिल्लो साता मौद्रिक नीति ल्याउने तयारीमा जुटेको राष्ट्र बैंक अन्तिमसमयमा प्रधानमन्त्रीका आर्थिक सल्लाहाकार डा युवराज खतिवडाले ब्रिफिङ लिन समयमागेपछि एक सातापछि धकेलिएको थियो। यसपटको मौद्रिक लचिलो ल्याउने र थलिएको आर्थिक मन्दीलाई चलायमान बनाउनेगरी नीति ल्याउनुपर्ने दबाबमा राष्ट्र बैंक छ ।

केन्द्रीय बैंकले गत १३ जेठदेखि विभिन्न सरोकारवाला निकायसँग सुझाव मागेको थियो ।अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पनि विभिन्न फोरममा मौद्रिक नीति निजी क्षेत्र र लगानीको वातावरणलाई सहज बनाउने गरी आउने बताइसकेका छन् ।

यसपटक मौद्रिक नीति विगतजस्तो कसिलो नभई, केहि हदसम्म लचिलो ल्याउने तयारीमा राष्ट्र बैंक छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved