नेपाल राष्ट्र बैकले अर्धवार्षिक समिक्षा कार्यन्वयनको लागि बैंक बित्तिय संस्थाको लागि पहिलो सर्कुलर जारी गरेको छ। अर्धवार्षिक समिक्षामा व्यवस्था गरिएको असल कर्जाको प्रोभिजनबारे बैक बित्तिय संस्थाको लागि पहिलो सर्कुलर जारी भएको हो।
जसअनुसार बैंक, विकास बैक, फाइनान्स कम्पनी तथा लघुवित्त वित्तिय संस्थाहरुले अबदेखि असल कर्जामा एक प्रतिशत मात्रै प्रोभिजन गर्नुपर्ने भएको छ। यसअघि असल कर्जामा भएकालाई पनि एक दशमलब १० प्रतिशत प्रोभिजन गर्नुपर्ने व्यवस्था थियो।
असल कर्जामा एक प्रतिशत मात्रै प्रोभिजन गर्नुपर्ने पछिल्लो व्यवस्थाले बैंक बित्तिय संस्थाहरुको करिब साढे ५ अर्ब रुपैयाँ संचालन आम्दानी वृद्धि हुने प्रक्षेपण गरिएको छ।
त्यस्तै, अबदेखि व्यक्तिगत सवारी साधन तथा इभि र नन इभी अर्थात सबै प्रकारका सवारी साधनमा ऋण मूल्य अनुपात ६० प्रतिशत लागू हुनेछ। आर्थात ४० प्रतिशत नगद आफै हाल्नुपर्ने छ भने ६० प्रतिशत फ़ाइनान्सिङ्ग गर्न पाइनेछ। यसअघि पेट्रोल गाडीको लागि ऋण मूल्य अनुपात ५० प्रतिशत र विद्युतीय गाडीको लागि ऋण मूल्य अनुपात ८० प्रतिशत तोकिएको थिय।