सीएका छोराछोरीलाई म्यानेजमेन्ट पढ्न सतप्रतिशत छात्रवृत्ति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 01, 2020 | 03:49:42 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल चार्टर्ड एकाउन्टेन्टस् संघ र कलेज अफ बिजनेस म्यानेजमेन्टबीच छात्रवृति दिने सम्झौता भएको छ । संघ र कलेजबीच सदस्य तथा सदस्यका नातेदारका छोराछोरीहरुलाई प्लस २ व्यवस्थापन संकाय पढ्दा मासिक शुल्कमा सतप्रतिशत छात्रवृति दिनेगरी सम्झौता भएको हो ।

कलेजका प्रिन्सिपल सिए. सुमन न्यौपानेले डिल्लीबजारस्थित यो कलेज युवा चार्टर्ड एकाउन्टेन्टहरुको समुहद्वारा संचालनमा रहेको बताए । कलेजमा पाठ्यक्रमका अतिरिक्ति समसामयिक तथा प्राक्टिकल विधिबाट अध्यापन गराइदै आएको कलेजका प्रिन्सिपल सिए. न्यौपानेले बताए । 

साथै नेपाल चार्टर्ड एकाउन्टेन्टस् संघ र बिजहब आइटी सर्भिस प्रा.लि. को बिचमा समेत सम्झौता भएको छ । उक्त सम्झौतामा संघका सदस्यहरुलाई नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्थाका सदस्य बनाउने लक्ष्यअनुसार बढीमा २० प्रतिशतसम्म छुट मिल्ने गरी सदस्यहरुले अनलाइन प्लेटफर्म मार्फत कक्षा लिने व्यवस्था गरिएको छ ।

सम्झौता पश्चात संघका सदस्यहरुलाई घरमै बसेर अनलाइन कक्षा लिन तथा नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्थाको सदस्यता लिनसमेत टेवा पुग्ने विश्वास लिएको संघका उपाध्यक्ष रमेश धितालले बताएका छन् ।

संघले गरेको कोभिड सर्वेको प्रतिबेदन अनुसार चार्टर्ड एकाउन्टेन्ट सदस्यहरुको हितका लागि संघले काम गर्दै आएको धितालले बताएका छन् । बैंक तथा बित्तिय संस्थाहरुसंग बिना धितोमा प्रोफेश्नल कर्जा, बिशेष बैंकिङ्ग सेवाका लागि यसअघि नै सम्झौता भइसकेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved