विश्वकप फूटबलको प्रत्यक्ष प्रसारणबारे टेलिकमका कर्मचारी आन्दोलित, घाटाको व्यापार गरेको आरोप

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 18, 2022 | 02:46:35 PM मा प्रकाशित

laxmi  sunrise bank

कतारमा हुने विश्वकप फुटबल नेपालमा देखाउने बिषयलाई लिएर नेपाल टेलिकमका कर्मचारी आन्दोलित भएका छन्। टेलिकमका ग्राहकले टेलिकमको प्ल्याटफर्म मार्फत कतारमा हुने विश्वकप फुटबल हेर्दा टेलिकमले तिर्नुपर्ने मुल्य महँगो र औचित्यहिन भएको भन्दै आफुहरु आन्दोलित भएको टेलिकमका कर्मचारीले जनाएका छन्। 

नेपाल टेलिकमको मोबाइल तथा एनटिटिभी मा ओटिटि मार्फत फुटबल हेर्न मिल्ने र त्यसका लागि टेलिकमले मिडिया हबलाई २४ करोड रुपैयाँ तिर्नुपर्ने भएपछि कर्मचारीहरु आन्दोलित भएका हुन्। 

"हाम्रो संचालक समितिले नेपाल टेलिकमको मोबाइल तथा एनटिटिभी मा ओटिटि मार्फत फुटबल टेलिकमका ग्राहकलाई फुटबल हेराउन कतारमा हुने विश्वकप फुटबल नेपालमा देखाउने आधिकारिकता पाएको मिडिया हबलाई २४ करोड दिने सम्झौता गरेको छ" आन्दोलित कर्मचारी युनियनका महासचिव मणि कुमार पोखरेलले बिजपाटीलाई भने, "उक्त सम्झौताले टेलिकमलाई २२ करोड भन्दा बढी घाटा हुन्छ, यस्तो घाटाको ब्यापार गर्नु हुदैन भनेर बिरोध गरेका हौँ। "

नेपाल टेलिकमका टेलिभिजन ग्राहक १५०० पनि नभएको अवस्थामा नेपाल टेलिकमको मोबाइल मार्फत फुटबल देखाउछौ भनेर संचालक समितिले मिडिया हबलाई २४ करोड तिर्ने सम्झौता गर्नु सरासर घाटाको ब्यापार भएको निष्कर्ष सहित आफु चारवटै कर्मचारी युनियन यसको बिरोधमा रहेको पोखरेलले बताए। 

मिडिया हबले आफुले तिरेको भन्दा झन्डै तीन गुणा बढी रकम टेलिकमबाट असुल्न लागेको र त्यसका लागि संचालक समितिलाई मनाउन सफल भएको कर्मचारीहरुको आरोप छ। 

टेलिकमका ग्राहकले टेलिकमको प्ल्याट फर्म मार्फत फुटबल देखाउनका लागि मिडिया हबसँग २४ करोडको सम्झौता गर्नलाई संचालक समितिले सैदान्तिक स्वीकृति दिएको टेलिकमका संचालक अम्बिका प्रसाद पौडेलले पनि पुष्टि गरेका छन्। 

नेपाल टेलिकमको ग्राहक संजाल ठुलो भएको र धेरै भन्दा धेरै नेपालीहरुले फुटबल हेर्न पाउन भन्ने उदेश्यले आफुले पहिलो प्राथमिकतामा राखेर नेपाल टेलिकमलाई प्रस्ताव गरेको मिडिया हबका अध्यक्ष सोम धितालले बिजपाटीलाई बताए। 

"हामीसँग कुन प्ल्याट फर्म प्रयोग गर्ने भन्ने छुट छ तर सकेसम्म सरकारी सँस्थासँगै समन्वय गरौं भनेर टेलिकमलाई प्राथमिकता राखेर प्रस्ताव पठाएका छौं " नेपाल विज्ञापन संघका अध्यक्ष समेत रहेका सोम धितालले भने , "तर संचालक समितिले के प्रस्ताव गरेको छ र त्यहाँका कर्मचारीले के भनेका छन् त्यसको जानकारी छैन। "

सन २०१८ मा रसियामा विश्वकप फुटबल हुँदा पनि मिडिया हबले नेपालमा फुटबल देखाउने आधिकारिता पाएको थियो। तर त्यो बेला नन एक्सक्लुसिभ सहमति भएकाले भारतका अन्य च्यानलबाट पनि नेपालमा फुटबल हेर्न पाइन्थ्यो।  तर यस पटक मिडिया हबले  एक्सक्लुसिभ सहमति गरेकाले मिडिया हबले अनुमति दिएको टिभी तथा प्ल्याटफर्म मार्फत मात्र फुटबल हेर्न पाइनेछ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved