
काठमाडौंको बांगेमुढास्थित सामुदायिक भवनमा महानगरपालिकाले डोजर
चलाएको विरोधमा स्थानीय वासिन्दाले शनिबार साँझ प्रदर्शन गरेका छन् ।
प्रदर्शनकारीहरुले काठमाडौं महानगरपालिकाका मेयर बालेन साहविरुद्ध
नाराबाजी ग, नारावाजी गर्दै मेयर शाहको पुत्ला पनि जलाएका छन।
प्रदर्शनकारीले ‘डोजर आतंक बन्द गर’ ‘नेवा विरोधी
होसियार’ जस्ता नारावाजी गर्दै बांगेमुढा क्षेत्र परिक्रमा गरेका थिए । सो क्रममा प्रदर्शनकारीले महानगरपालिका– २५ का वडाध्यक्षविरुद्ध पनि नाराबाजी गरेका हुन् ।
महानगरपालिकाले गत शुक्रबार वडा नम्बर २५ मा रहेको एक सामुदायिक
भवनमा डोजर लगाएर भत्काएपछि स्थानीय वासिन्दा आन्दोलनमा उत्रिएका हुन् ।
सो आन्दोलनमा समर्थन गर्न काठमाडौं महानगरपालिकाका मेयरका
उम्मेदवार सुमन सायमीलगायत पुगेका थिए । प्रदर्शनमा सायमीले सामुदायिक भवनमा डोजर लगाएर
काठमाडौं महानगरपालिकाले कानुन विपरीत काम गरिरहेको आरोप लगाएका थिए ।