
राष्ट्रपति विद्यादेवी भण्डारी आइसल्यान्डबाट
स्वदेश फर्किएकी छन्। आइसल्यान्ड भ्रमण सकेर उनी आज बिहान काठमाडौं आइपुगेकी हुन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रपति भण्डारीलाई उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायतले स्वागत गरेका हुन्।
विश्वभरका महिला नेताहरूको सञ्जाल वुमेन पोलिटिकल लिडर (डब्लूपीएल) को आयोजनामा यही नोभेम्बर ८ देखि १० सम्म आयोजित रेक्जाभिक ग्लोबल फोरममा भाग लिन राष्ट्रपति भण्डारी गत सोमबार आइसल्यान्ड गएकी थिइन्।
सम्मेलनमा राष्ट्रपति भण्डारीलाई डब्लूपीएल
ट्रेलब्लेजर अवार्डले सम्मान गरिएको थियो।