
आर्थिक मिडिया सञ्चालकहरुको संस्था इकोनोमिक मिडिया सोसाइटी नेपाल (इम्शन ) को पाँचौं बार्षिक साधारणसभाबाट संस्थाको नयाँ कार्यसमिति निर्वाचित भएको छ । शुक्रबार सम्पन्न बार्षिक साधारणसभाले बिजखबर डटकमका सञ्चालक रामराजा श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।
साधारणसभाले संस्थाको उपाध्यक्षमा बिजशाला डटकमका सोमनाथ बास्तोला,
बिजपाटी डटकमका लोचन खतिवडा, महासचिवमा सिंहदरबार डटकमका नारायण
पौडेल, सचिवमा टक्सार म्यागाजिनका हिम विष्ट, सहसचिवमा अर्थपथ
डटकमका बिष्णु जम्कटेल (तारुके),
कोषाध्यक्षमा इन्स्योरेन्स खबर डटकमका
केशव भण्डारीलाई चयन गरेको हो ।
संस्थाको कार्यसमित सदस्यहरुमा अर्थसरोकार डटकमका सुरज प्याकुरेल, अर्थसंसार डटकमका
मिलन खड्का, आर्थिकआवाज डटकमका सुरेन्द्र पौडेल र अर्थतन्त्र डटकमकी सुवद्रा
थापा चयन भएका छन् ।
आर्थिक मिडियाहरुको व्यवसायिक विकास र दक्षता वृद्धिका लागि ६
बर्षअघि स्थापना भएको उक्त संस्थाले विभिन्न खालका आर्थिक विषयमा बहस संचालनका
साथै नीतिगत सुधारका लागि पहल गर्दै आएको छ ।
हाल इम्शनमा २७ वटा आर्थिक मिडियाहरु आवद्ध रहेका छन्