काठमाडौंमा ‘सीईओ कन्फरेन्स’ हुँदै, २०० जना सीईओको सहभागिता हुने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 19, 2024 | 04:32:08 PM मा प्रकाशित

नेपाल व्यवस्थापन संघले आगामी जेठ १८ गते शुक्रबार  ‘सीईओ कन्फरेन्स’ गर्ने भएको छ । 

संघका अध्यक्ष मोहनराज ओझाले उक्त सम्मेलनले अन्तरराष्ट्रिय विज्ञबाट अनुसन्धानमा आधारित दृष्टिकोण, ज्ञान एवं विचार प्रस्तुत हुने जानकारी दिए । उनले भने, ‘विश्वका मुद्दाहरुका सम्बोधनका लागि यो सम्मेलनले नेपालको व्यवस्थापनका सन्दर्भमा नवप्रवर्तनमा आधारित सोच, ज्ञान, व्यवहारिक पहलको आदानप्रदान र सहकार्यका लागि मञ्च प्रदान गर्नेछ ।’

सम्मेलनको मुख्य विषयवस्तु ‘कामको भविष्यः परिवर्तित परिदृश्य आत्मसात’ रहेको छ । उनका अनुसार सम्मेलनको उद्देश्य सरोकार भएकालाई प्रविधि, उद्योग, नवप्रवर्तनमा आधारित व्यावसायिक अवधारणद्वारा परिवर्तित कार्यस्थलको भविष्य कसरी आत्मसात गर्न सकिन्छ र सोबारेमा अन्वेषण गर्न सहयोग गर्नु रहेको छ ।

कार्यक्रममा चारजना विदेशी वक्ताको पनि सहभागिता रहने छ । त्यसैगरी सो सम्मेलनमा विभिन्न संघ /संस्थाका २०० भन्दा बढी सीईओहरुको सहभागिता हुने आयोजकले बताएको छ ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved