एनआरएन डेभलपमेन्ट फन्डमा अध्यक्ष र सीईओ चयन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 18, 2021 | 05:19:07 PM मा प्रकाशित

laxmi  sunrise bank

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को पहलमा स्थापना भएको एनआरएन नेपाल डेभलपमेन्ट फन्डको अध्यक्षमा उपेन्द्र महतो र प्रमुख कार्यकारी अधिकृतमा अनलराज भट्टराई नियुक्त भएका छन्  ।

अध्यक्ष बनेका महतो एनआरएनएका संस्थापक अध्यक्ष हुन् भने सीइओ भट्टराई आर्थिक विश्लेषक तथा पूर्व बैंकर हुन्  । उनी निजी क्षेत्रको संस्था नेपाल उद्योग परिसंघ (सिएनआइ) मा संक्रिय छन् भने अन्य परामर्श सेवामा आवद्द छन् । 

एनआरएनएको पहलमा नेपालमा एनआरएन नेपाल डेभलपमेन्ट फन्ड नामको पब्लिक कम्पनी दर्ता भएको हो । यो कम्पनीमार्फत नै नेपालमा कम्तीमा १० अर्ब लगानी भित्र्याउने तयारी छ । १० अर्ब लगानीका लागि हालसम्म डेढ अर्बभन्दा बढी रकमको प्रतिबद्धता आइसकेको छ ।

एनआरएनका अध्यक्ष कुमार पन्तका अनुसार ५ प्रतिशत लगानीसहित नेपाल सरकारसमेत प्रवर्द्धक रहेको यस कम्पनीमा २ अर्बको प्रतिबद्धता प्राप्त भइसकेको छ । उक्त रकम यसै हप्ताबाट प्राप्त हुन थाल्ने उनले बताए। उनका अनुसार कम्तीमा १० अर्बको कोष बनाई नेपालको उद्यम, व्यवसाय र पूर्वाधारका क्षेत्रमा लगानी गर्ने कम्पनीको मुख्य उद्देश्य रहेको छ । ८५ प्रतिशत लगानीका निम्ति गैरआवासीय नेपालीलाई लक्षित गरी छिट्टै प्राथमिक सेयर (आईपीओ) निष्काशन हुने र त्यसमा दसौँ लाख नेपाली सहभागी हुने अपेक्षा गरिएको उनले बताए । यद्यपि यस आईपिओमा एनआरएनले मात्र लगानी गर्न सक्ने छन् । संसारभरका गैरआवासीय नेपालीले १० डलर र त्यसभन्दामाथि लगानी गर्न पाउनेछन् । 

यसबाट संसारभर छरिएर रहेका श्रमिक, व्यवसायी, पेसाकर्मी सबैले नेपालको विकास र समृद्धिमा सकेको लगानी गरी आर्थिक लाभसमेत उठाउन पाउने उनले बताए । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved