फोनपेको “झट्ट ट्रान्सफर चट्ट कार” योजनामा मोरङ्गका कमलले जिते हुण्डाइको स्याण्ट्रो कार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 18, 2022 | 06:00:35 PM मा प्रकाशित

laxmi  sunrise bank

भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्विस लिमिटेडले दोस्रो पटक सञ्चालनमा ल्याएको “झट्ट ट्रान्सफर चट्ट कार” योजना अन्तरगत बम्पर उपहारमा मोरङ्गका कमल चुडालले हुण्डाइको स्याण्ट्रो (एरा एक्जुकेटिभ) गाडी जितेका छन् ।

उनले सनराइज बैंकबाट रकम ट्रान्सफर गर्दा बम्पर उपहार स्वरुप स्याण्ट्रो जित्न सफल भएका हुन् । उनलाई फोनपेका एसिस्टेन्ट सिइओ दिवस सापकोटा र बैंकका नायव महाप्रबन्धक अपछ कुमार यादवले गाडीको साँचो हस्तान्तरण गरेका छन् । 

फोनपेले अघिल्लो वर्षपनि यस्तै  योजना सञ्चालन गरेको थियो । जसमा झापाका उज्जल अधिकारीले हुण्डाइको ग्राण्ड आइटेन गाडी जित्न सफल भएका थिए ।

यो वर्ष फोनपेले असोज ३१ देखि पुस १६ सम्म योजना सञ्चालन गरेको थियो । डिजिटल कारोबारलाई प्रोत्साहन गर्न ७६ दिनसम्म सञ्चालन भएको यस योजनामा ७५ जनाले आइफोन १३ जित्न सफल भएका छन्् । 

यस योजनामा हरेक दिन एक जनाले आइफोन जित्न सकिन्थो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved