केएल दुगड ग्रुप अन्तर्गत नेपालका लागि स्काइवर्थ होम एप्लायन्सेसको आधिकारिक वितरक स्मार्ट एप्लाएन्सेस प्रालिले चाडपर्वको अफर अन्तर्गत ल्याएको लक्की ड्रको दोस्रो साप्ताहिक विजेतालाई उपहार प्रदान गरेको छ ।
भाट–भटेनी सुपरमार्केट कोटेश्वरबाट सामान खरिद गरेकी नीता बरालले साप्ताहिक लक्की ड्र मार्फत स्मार्ट एप्लाएन्ससबाट माइक्रोवेभ उपहार जितेका छन् । बरालका श्रीमान् पूर्णेन्दु बराललाई स्मार्ट एप्लायन्सेसका प्रतिनिधि अमित ठाकुरले उपहार हस्तान्तरण गरे ।
यसअघि पहिलो विजेताका रुपमा काठमाडौँको स्काईवर्थ सोरुमबाट सामान खरिद गरेका सन्देश अधिकारीले साप्ताहिक लक्की ड्र मार्फत स्मार्ट एप्लाएन्ससमार्फत माइक्रोवेभ उपहार प्राप्त गरेका थिए ।
अफर अन्तर्गत बम्पर पुरस्कारमा एकजना भाग्यशाली ग्राहकले एमजी कमेट ईभी कार जित्न सक्ने कम्पनीले जनाएको छ । त्यस्तै चाडपर्व लक्षित यो अफर योजनामा ग्राहकहरूले स्काईवर्थका बिभिन्न उत्पादनहरूमा ४० प्रतिशतसम्मको छुटको प्राप्त गर्ने कम्पनीको भनाई छ ।
स्काईवर्थ नेपालले नेपाली बजारमा टेलिभिजन, फ्रिज, वाशिंग मेसिन, एयर कन्डिसनर जस्ता होम एप्लायन्सेसहरू उपलब्ध गराउँछ ।