शेयर कारोबारमा अनलाइन पेमेन्टको सीमा हट्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 24, 2020 | 09:55:19 AM मा प्रकाशित

laxmi sunrise bank

नेपाल राष्ट्र बैंकले धितोपत्र बोर्डको एउटा माग पुरा गरेको छ । बोर्डले शेयर कारोबारको लागि भुक्तानी गर्दा रकम ट्रान्सफर गर्ने सीमा हटाईदिन आग्रह गरेकोमा राष्ट्र बैंकले अर्को ब्यबस्था नहुँदासम्मको लागि सो सीमा हटाईदिएको हो । राष्ट्र बैंकले भुक्तानी प्रणाली सम्बन्धी एकिकृत निर्देशिका संशोधन गर्दै यस्तो ब्यबस्था गरेको हो।

राष्ट्र बैंकले कारोबारको सीमा तोकेपनि विभिन्न ५ अवस्थामा सीमा लागु नहुने ब्यबस्था गरेको हो । जसमा धितोपत्र दलालसँगको कारोबार पनि उल्लेख छ । ब्रोकरहरु र लगानीकर्ताले अब मोबाइल बैंकिंग तर्फ प्रति पटक १ लाख र इन्टरनेट कारोबार तर्फ प्रति पटक १० लाख सम्म रकम ट्रान्सफर गर्न सक्ने भएका हुन्  ।  यसै संग अब अनलाइन मार्फत जति पनि कारोबार गर्न सकिने भएको हो ।

हाल राष्ट्र बैंकले मोबाइल बैंकिंग मार्फत करोबारको लागि प्रति दिन १ लाख र प्रति महिना १० लाख सीमा तोकेको छ ।  त्यस्तै मर्चेन्ट पेमेन्टतर्फको इन्टरनेट बैंकिंगको हकमा प्रति दिन १० लाख र प्रति महिना ३० लाखको सीमा छ ।एकाउन्ट ट्रान्सफरतर्फको इन्टरनेट बैंकिंगको हकमा भने प्रति दिन १० लाख र प्रति महिना ५० लाखको सीमा छ। विभिन्न ५ अवस्थामा भने यो लागु नहुने राष्ट्र बैंकले जनाएको छ । 


यस अघि बोर्डले शेयर बजार सुचारु गर्नको लागि २ वटा नीतिगत ब्यबस्था गरिदिन राष्ट्र बैंकमा आग्रह गरेको थियो । कोरोना महामारीको धितोपत्र बजारमा परेको असर, लगानीकर्ताहरुको बजार सुधार सम्बन्धी माग तथा हालको विषम परिस्थितिमा बजारको माग पक्षलाई समेत सम्बोधन हुने गरी बजार सञ्चालन गर्नुपर्ने भएकोले राष्ट्र बैंकमा नीतिगत ब्यबस्थाको लागि बोर्डले आग्रह गरेको थियो 

 बोर्डले 'बैंक तथा वित्तीय संस्थाहरुले शेयर धितोमा प्रवाह गर्ने कर्जामा शेयरको मूल्यांकनको ६५ प्रतिशतसम्म कर्जा प्रवाह गर्ने र मार्जिन कलको हकमा बैंक तथा वित्तीय संस्था स्वयंले मूल्य अनुगमन गर्ने व्यवस्था रहेकोमा शेयर धितोमा कर्जा प्रवाह गर्दा शेयरको मूल्यांकनको ७५ प्रतिशतसम्म कर्जा प्रवाह गर्न सक्ने र १० प्रतिशत भन्दा बढी मूल्य घटेको अवस्थामा मात्रै मार्जिन कल गर्ने व्यवस्था' गरिदिन राष्ट्र बैंकमा  आग्रह गरेको थियो 

त्यस्तै 'विद्युतीय माध्यमबाट लगानीकर्ता र धितोपत्र दलालबीच रकम पठाउँदा र प्राप्त गर्दा रकमान्तर हुने रकमको सीमा नरहने व्यवस्था गर्न' पनि बोर्डले आग्रह गरेको थियो । यी २ ब्यबस्था नभएसम बजार नखुल्ने बोर्डले जनाएको थियो । २ मध्ये बोर्डको एउटा माग पुरा भएको हो 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved