शेयर कारोबार सोमबारबाट खुल्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 28, 2020 | 01:11:55 PM मा प्रकाशित

लामो समयदेखि बन्द रहेको शेयर कारोबार सोमबार बाट खुल्ने भएको छ । नेपाल धितोपत्र बोर्डको आइतबार बसेको संचालक समितिको बैठकले सोमबारबाट कारोबार सुरु गर्न नेपाल स्टक एक्सचेन्ज नेप्सेलाई निर्देशन दिने निर्णय गरेको हो 

बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले सोमबारबाट बजार खोल्न निर्देशन दिने निर्णय भएको र सोहि अनुसार बजार खुल्ने बिजपाटीलाई बताए । उनले बजार कुन मोडालिटीमा खोल्ने भन्ने विषयमा निर्णय गर्ने अधिकार नेप्सेलाई छाडिएको बताए उनले भने 'बजार खोल्ने निर्णय भएको छ, मोडालिटीबारे नेप्सेले नै निर्णय गरेर लगानीकर्ताको लागि सूचना निकाल्ने छ ' 

यस अघि बोर्डले गठन  गरेको अध्ययन कमिटिले बजार संचालन गर्न सकिने प्रतिवेदन पेश गरेको थियो। कमिटिले लगानीकर्ताले घरवाट धितोपत्रको खरिद बिक्री गर्न सक्ने वातावरण बनेको ले शेयर कारोबार खुलाउन उपयुक्त रहेको प्रतिवेदन पेश गरेको थियो । लगानीकर्ताले भने बजार खुल्नु अगाडी राहत स्वरुप केहि थप ब्यबस्था गर्न माग गर्दै आएका छन् ।  

यस सँगै अब नेप्सेले आफ्नो संचालक समितिको बैठकबाट बजार संचालनको निर्णय र मोडालिटी तय गर्नु पर्ने छ । नेप्से स्रोतका अनसार नियमित ५ घण्टाको सट्टामा समय अवधि घटाएर कारोबार संचालन हुने सम्भावना छ । 

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved