साताको शेयरबजार: एनआईसी एसिया लघुवित्त र पुनर्बिमामा लगानीकर्ताको आकर्षण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 01, 2020 | 01:06:38 PM मा प्रकाशित

laxmi  sunrise bank

गत साता नेपाल स्टक एक्सचेन्ज नेप्सेमा ८ अर्ब बढी कारोबार भएको छ । ५ दिनको अवधिमा नेप्सेमा ८ अर्ब २ करोड २० लाख बढीको कारोबार भएको छ । यो औसतमा प्रति दिन १ अर्ब ६० करोड ४० लाख बराबर हो । गत साता भर नेप्से सूचक ५.८४ अंकले घटेको छ ।

गत साता नेपाल पुनर्बिमा कम्पनीको शेयर सबैभन्दा धेरै  ८३ करोड ८० लाखको कारोबार भएको छ । त्यस्तै बढी कारोबार हुनेमा दोस्रो नम्बरमा नेपाल लाइफ इन्स्योरेन्स, तेस्रोमा एनआईसी एसिया र चौथोमा एनएमबि बैंक रहेका छन् । 

गत साता बजार पुँजीकरणको आधारमा नेपाल टेलिकम शिर्ष स्थानमा छ । टेलिकमको बजार पुँजीकरण ९८ अर्ब १० करोड छ भने दोस्रो नम्बरमा रहेको नबिल बैंकको बजार पुँजीकरण ८५ अर्ब ८२ करोड रहेको छ । पुँजीकरणको आधारमा तेस्रो, चौथो र पाचौ स्थानमा क्रमश नेपाल लैअफ इन्स्योरेन्स, नेपाल इन्भेस्टमेन्ट बैंक र एभरेष्ट बैंक रहेको छन् ।

गत साता एनआईसी एसिया लघुवित्तको शेयर सबै भन्दा धेरै २२ हजार २ सय ६८ पटक कारोबार भएको छ भने दोस्रोमा पुनर्बिमा कम्पनीको शेयर २० हजार ३ सय ९ पटक कारोबार भएको छ  । गत साता नेप्सेमा विभिन्न ५ कम्पनीको गरी कुल ४ करोड ५० लाख १४ हजार ६ सय ८५ कित्ता शेयर सुचिकृत भएको छ ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved