सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत संचालनमा रहेको सिद्धार्थ ईक्वीटी फण्ड तथा सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ ले प्रतिफल घोषणा गरेका छन् । सिद्धार्थ क्यापिटल योजना व्यवस्थापक रही संचालनमा दुवै फण्डले आर्थिक वर्ष २०७६/७७ को प्रतिफल घोषणा गरेका हुन् ।
जस अनुसार सिद्धार्थ ईक्वीटी फण्ड तथा सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ का इकाईधनीहरुले क्रमशः ७.५% (कर सहित) तथा ५% (कर सहित) का दरले हुन आउने रकम एघार करोड पचिस लाख तथा छ करोड प्रतिफल पाउने भएका छन् ।
दुवै योजनाको लेखापरिक्षण कार्य सम्पन्न भए लगत्तै योजना व्यवस्थापक सिद्धार्थ क्यापिटलको संचालक समितिको बैठकले प्रतिफल घोषणा गरेको हो ।