लक्ष्मी क्यापिटलको म्युचुअल फण्डमा आवेदन दिने आज अन्तिम दिन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 09, 2020 | 10:08:05 AM मा प्रकाशित

laxmi  sunrise bank

लक्ष्मी क्यापिटल Laxmi Capital Market Ltd  ले निष्काशन गरेको सामुहिक लगानी कोषको इकाईमा आवेदन दिने आज साउद २५ गते अन्तिम दिन रहेको छ । क्यापिटलले साउन ११ गते लक्ष्मी उन्नति कोष नामको सामुहिक लगानी कोषको इकाई निष्काशन गरेको हो ।

क्यापिटलले ८० करोड रुपैयाँ बराबरको सामुहिक लगानी कोषको ८ करोड ईकाई सर्वसाधारणमा बिक्री खुला गरेको हो ।  निष्काशन भएको कुल इकाईमध्ये १ करोड २० लाख वा कुल बिक्री भएको इकाई संख्याको न्यूनतम १५ प्रतिशत इकाई कोष प्रवर्दक लक्ष्मी बैंकलाई सुरक्षित राखिएको छ । सर्वसाधारणले बाँकी ६ करोड ८० लाख इकाईका लागि आवेदन दिन सक्नेछन् ।

प्रति ईकाई १० रुपैयाँ अंकित मूल्यका १०० ईकाईदेखि ८० लाख ईकाईसम्मका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि–आश्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखाबाट आवेदन दिन सकिनेछ । 

 क्यापिटलले यस अघि चैत्र ९ गते देखि इकाई निष्काशन गर्ने तयारी गरेपनि कोरोना भाइरस सिर्जित परिस्थितिको कारण रोकिएको थियो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved