एनआईबिएलको खुलामुखी म्युचुअल फण्ड योजनाको लाभांश घोषणा, लाभांश पुन: लगानीको अवसर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 11, 2020 | 02:54:12 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआइबिएल एस क्यापिटलले संचालन गरेको एनआईबिएल सहभागिता फण्डको लाभांश घोषणा भएको छ । एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत संचालित यस खुलामुखी म्युचुअल फण्डले इकाईधनीहरुलाई ८.२५ प्रतिशत प्रतिफल दिने घोषणा गरेको हो ।

क्यापिटलले लाभांश वितरणको लागि साउन २३ गते बुक क्लोज मिति तय गरेको छ । साउन २३ गतेसम्म कायम इकाईधनीले उक्त लाभांश पाउने छन् । कम्पनीले लाभांशलाई नै पुन: लगानी गर्न सकिने ब्यबस्था पनि गरेको छ । जस अनुसार इकाईधनीले कर कट्टीपछि प्राप्त गर्ने लाभांशलाई पुन: लगानी गर्न सक्ने छन् । अर्थात लाभांशबाट आउने रकमबाट इकाईधनीले सोहि म्युचुअल फण्डको थप इकाई खरिद गर्न सक्ने छन् । क्यापिटलले लाभांश रकम पुन: लगानी गर्न इच्छुक इकाईधनीलाई साउन ३० गतेसम्म जानकारी दिन आग्रह गरेको छ । इकाईधनीले इमेल मार्फत यसको जानकारी क्यापिटललाई दिन सक्ने छन् ।

हाल इकाईधनी नरहेका इच्छुक लगानीकर्ताले पनि न्युनतम १ हजारबाट यस खुलामुखी सामुहिक लगानी कोष योजनामा सहभागी हुन सक्ने छन् । खुलामुखी योजनाको इकाईहरु नेपाल स्टक एक्सचेन्ज नेप्सेमाकारोबार नहुने हुँदा बिक्रिकर्ता नभएको अवस्थामा पनि खरिद गर्न चाहनेले सहजै इकाई खरिद गर्न सक्ने छन् । 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved