नेपाल धितोपत्र बोर्डले पुँजीबजारसंग आवद्ध संस्थाका सम्पूर्ण कर्मचारीलाई कोरोना बीमा गराउन निर्देशन दिएको छ । बोर्डले आइतबार एक विज्ञप्ति जारी गर्दै बोर्डबाट अनुमति प्राप्त धितोपत्र बजार, क्रेडित रेटिङ्ग संस्था तथा धितोपत्र व्यावसायीका संचालक तथा सम्पुर्ण कर्मचारीलाई तीन दिन भित्र कोरोना बीमा गर्न निर्देशन दिएको हो ।
उक्त बीमा गरेको रकम संस्थालेनै व्योहोर्नुपर्ने बोर्डले उल्लेख गरेको छ । यदि कुनै कर्मचारी क्वारिन्टाईन वा आइसोलेसनमा बस्नु परेमा संस्थालाई जानकारी गराई बिदामा बस्न सक्ने पनि बार्डले उल्लेख गरेको छ । उक्त बिदा अवधिको तलब कट्टा नगर्न समेत बोर्डले संस्थाहरुलाई निर्दैशन दिएको छ ।