
ब्रोकर कम्पनीहरुले लगानीकर्तालाई स्थायी लेखा नम्बर अर्थात प्यान नम्बर बुझाउन आग्रह गरेका छन् । कम्पनीहरुले प्यान प्रमाणपत्रको प्रतिलिपिमा स्पष्ट बुझिने गरि प्यान नम्बर उल्लेख गरी प्रतिलिपिमा हस्ताक्षर गरेर प्रमाणित गरी बुझाउन आग्रह गरेका हुन् ।
शेयर बिक्रि गर्दा तिर्नु पर्ने पुँजीगत लाभकर तथा अन्य कर सम्बन्धी विवरण प्यानमा ETDS को माध्यमबाट फाईलिङ गर्नको लागि सिडीएसको अनुरोधमा ब्रोकरहरुले प्यान विवरण माग गरेका हुन् । प्यान उपलब्ध गराएपछि उक्त नम्बर राफसाफ प्रणाली तथा डिम्याट खातासंग आवद्द गरिने छ ।
यसो गर्दा लगानीकर्ताले तिरेको पुँजीगत लाभगत प्यानको विवरणमा देखिने छ । यसबाट कर तिरेको प्रमाण थप ब्यबस्थित हुने छ ।
सिडीएसका अनुसार यो नयाँ ब्यबस्था नभई पुरानै ब्यबस्था हो । लगानीकर्तालाई कर चुक्ता प्रमाणपत्र लिन सहज होस् भन्ने हेतुले यो कार्य सुरु गरिएको सिडीएसका प्रबक्ता सुरेश न्यौपाने बताउछन् । यस अघि कुनै लगानीकर्ताले कर चुक्ता प्रमाणपत्र लिनु परे झन्झटिलो प्रक्रिया रहेकोमा यो ब्यबस्थापछि लगानीकर्ताले सहजै कर चुक्ता प्रमाणपत्र पाउने छन् । उनका अनुसार अब आन्तरिक राजश्व कार्यालयमा प्यान नम्बर र क्लाइन्ट कोड लिएर गएपछि सहजै कर चुक्ता प्रमाणपत्र हुने छ । त्यसमा आफुले तिरेको करको विवरण पनि समावेश हुने छ ।
हाल ५ लाख भन्दा बढीको शेयर कारोबार गर्द प्यान अनिवार्य छ । तर सो भन्दा कम कारोबार गर्ने लगानीकर्ताले पनि आफ्नो प्यान नम्बर ब्रोकरको प्रणालीमा समावेश गरेमा कर चुक्ता प्रमाणपत्र लिन सहज हुने सिडीएसको भनाई छ ।