३ बर्ष निशुल्क डिम्याट खाता योजनाको अवधी थप

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 18, 2020 | 01:15:40 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रभु क्यापिटलले ३ बर्षको लागि निशुल्क डिम्याट खाता योजनाको अवधी थप गरको छ। यसअघि साउनसम्म रहेको योजना  अब भदौमा पनि रहने क्यापिटलले जनाएको छ। 

क्यापिटलकाअनुसार भदौभर खाता खोल्नेले ३ बर्षसम्म डिम्याट खाता निशुल्क चलाउन पाइनेछ। “प्रभु क्यापिटलसँग जोडौं नाता, पाउँ ३ वर्षसम्म निःशुल्क डिम्याट खाता” भन्ने नाराका साथ सुरु गरिएको योजनालाई ग्राहकको मागलाई मध्यनजर गरेर अवधि थप गरिएको क्यापिटलले जनाएको छ। 

नेपाल सरकार र नेपाल धितोपत्र बार्डबाट समेत विद्युतीय माध्यमबाट सेवा प्रवाह गर्न अनुरोध भए अनुसार  बाट अनलाईन खाता खोल्ने सुविधा सञ्चालन गरेका क्यापिटलले जनाएको छ। 

साथैं यस योजनामा क्यापिटलको केन्द्रिय कार्यालय, कमलादी तथा प्रभु बैंकको नेपाल भरी रहेका २१० वटै शाखाबाट डिम्याट र मेरो शेयरको खाता खोल्न सकिने सुविधा समेत सञ्चालन गरेको छ ।


Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved